जनताको आधारभूत आवश्यकता पूरा गरिन्छः नेता बानियाँ

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार ११:०२

हेटौंडा-मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर(२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गाउँटोलको विकास गर्दै जनताको जीवनसँग जोडिएका आधारभूत आवश्यकतालाई पूरा गरिने बताएका छन् । थाहा नगरपालिका वडा नम्वर(३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । कांग्रेस धैर्यता, सहनशिलता, अनुशासन र इमान्दारिता बोकेको पार्टी भएकाले कांग्रेसको तर्फबाट गठबन्धनप्रति कुनै पनि खल्लोपन र तिक्तता नभएको उल्लेख गर्दै यो क्षेत्रमा कसैले पनि आफ्नो पार्टीको उम्मेदवार छैन भनेर निर्वाचन प्रचारप्रसारमा कमीकमजारी नगर्न आग्रह गरे ।

उनले गठबन्धनबीच धोका भएमा संविधान र गणतन्त्र विरोधीहरु अगाडि आउनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै लागिपर्न निर्देशन दिए । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि ८७ भन्दा बढी योजना सो क्षेत्रमा परेको बताउँदै ती योजनालाई पूरा गर्न गठबन्धनको नेतृत्वले जित्नुपर्ने उनले बताए ।
‘संविधानविरोधीहरु युवा हुँ भन्दै भोट माग्न आएर हुँदैन, यो लोकतान्त्रिक गठबन्धन संविधान र व्यवस्था जोगाउने, जनताको जीवनस्तरमा वृद्धि, गाउँटोलको विकास हाम्रो मुल लक्ष्य हो । गठबन्धनका कुनै पनि दलले खल्लोपन र तिक्तता नराखी हरेक टोलटोलमा हर्ष, खुशी र उल्लासका साथ निर्वाचन केन्द्रित प्रचारप्रसारमा लागि मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार जिताउनुहोला ।’ उनले भने ।

कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेशसभा (क) को उम्मेदवार कुमारी मोक्तान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, थाहा नगर उपसभापति नवराज कार्की, ४ नम्वर वडा सभापति श्रीकृष्ण केसी, १० का सभापति कुलचन्द्र अर्याल, नेताहरु खड्ग गोपाली, भरत गोपाली, पदमबहादुर तितुङ, भरत लामा र जयराम लामिछानेलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*