सहकारीको माध्यमबाट महिला सशक्तीकरणको अभियन्ता ‘डीना’

साझाकुरा
२०७९ कार्तिक २२, मंगलवार १०:३३

हेटौंडा- मकवानपुरमा महिला सशक्तिकरणको लागि हालसम्म धेरै अभियानहरु सञ्चालन भए । मकवानपुरमा सामाजिक र आर्थिकरुपमा महिलाहरुलाई सशक्त बनाउने सञ्चालन भएकी विभिन्न अभियानको अभियान्ताको रुपमा महालक्ष्मी उपाध्याय ‘डीना’लाई चिनिन्छ । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी डीनाले मकवानपुरमा महिला सशक्तीकरणको अभियानलाई सशक्तरुपमा सञ्चालन गरेकी थिइन् । लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार सुनिश्चित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकि छन् ।

२०३९ सालबाट राजनीति सुरु गरेकी डीना मकवानपुरमा महिलाहरुको सशक्तीकरणको अभियान सञ्चालन गरेकी अभियन्ता हुन् । उनले मकवानपुरमा पहिलोपटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रोढ शिक्षाको मात्रै सुरुवात गरिनन्, महिलालाई आर्थिकरुपमा शसक्त गर्ने अभियान पनि चलाइन् । डीनाले मकवानपुरको महिलाहरुलाई आर्थिक र सामाजिकरुपमा शसक्त बनाउन विभिन्न तालिमहरु सञ्चालन गरेर महिलालाई व्यवसायसँग जोड्ने तथा सहकारीमार्फत् उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि चलाइन् ।

उनले २०५५ सालमा मकवानपुरमा दिव्यतारा बहुद्देश्यीय सहकारी स्थापना गरिन् । उक्त सहकारीको सस्ंथापक अध्यक्ष डीनाले सहकारीमार्फत् महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि गाउँ–गाउँमा पुगिन् । जिल्लाको विभिन्न विकट गाउँमा पुगेर उनले महिलाहरुलाई सहकारीमा जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरिन् । हाल उनी उक्त सहकारीको संरक्षक छिन् । डीनाले महिला शसक्तीकरणको लागि खोलेको सहकारीले हाल रेडियो, सुपथ सहकारी पसल र शुद्ध तोरीको तेल उद्योग चलाएइरहेको छ । त्यस्तैगरी कृषि स्रोत केन्द्र सावुन र गोलभेडा प्रसोधन उद्योग सञ्चालनको तयारी पनि गरिरहेको छ । ११ हजार पाँचसय ७९ शेयर सदस्य रहेको उक्त सहकारीले महिलासँगै युवा स्वरोजगार र किसानहरुले उत्पादन गरेको कुरालाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आएको छ ।

मकवानपुरबाट सुरु भएको उक्त सहकारी चितवन र ललितपुरमा पनि शाखा बिस्तार गर्न सफल भएको छ । सहकारीको ११ वटा शाखा र मुख्य कार्यालय सहित १२ वटाबाट बित्तीय कारोबार रहेको छ । सहकारीबाट करिब तीनहजार जना स्वरोजगार बनेका छन् । प्रदेश सरकारबाट सहकारी पदक प्राप्त गरेको दिव्यतारा सहकारीले जनताको जीवनस्तर उकास्ने काम गर्दै आएको छ । वार्षिक कारोबार २० अर्ब रहेको सहकारीले राष्ट्रिय सहकारी बैंकबाट उच्च कारोबार गरेवापत सम्मान र संघबाट सम्मान पाएको छ ।

डीनाले महिला शसक्तीकरणको लागि सुरुवात गरेको सहकारीले हाल मकवानपुरसँगै अन्य जिल्लामा पनि महिला र युवा स्वरोजगारसँगै कृषि उत्पादनलाई पनि जोड दिएर काम गरिरहेको छ । केहिदिन अघिमात्रै चुनावी अभियानअन्तर्गत् हेटौंडा–१५ पुगेकी डीनालाई त्यहाँको महिलाहरुले सहकारीमार्फत् आफूहरुलाई विगतमा तालिम दिएकोमा धन्यवादसमेत दिएका थिए । डीनाले आत्मनिर्भर बन्नको लागि दिएको तालिम र सहकारीबाट प्राप्त व्यवसायिक आर्थिक सहयोगले आफूले आर्थिक उपार्जन गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए । उनै डीना हाल मकवानपुर–१ बाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेको छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*