मत माग्दै घर–घरमा डीना र आनन्द

साझाकुरा
२०७९ कार्तिक २२, मंगलवार १०:४६

हेटौंडा- मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल पनि गर्मिएको छ । यतिबेला जिल्लाका उम्मेदवारहरु नतिजा आफ्नो पक्षमा पार्नको लागि घरदैलो विभिन्न चुनावीसभा कार्यक्रममा व्यस्त छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा युवा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ र आनन्दराम पराजुली पनि दैनिक घरदैलोमा व्यस्त रहेका छन् । उनीहरु हरेक दिन बिहानदेखि साँझ अबेरसम्म हेटौंडाका विभिन्न वडाका मतदानसँग व्यस्त छन् ।

सोमबार पनि उपाध्याय र पराजुलीले हेटौंडा ४ र ७ का विभिन्न टोलमा पुगेर मतदाताहरुसंग छलफल र परामर्श गर्दै मत मागेका छन् । मत माग्ने क्रममा दुवै जनाले यस पटकको आफ्नो एजेन्डा विपक्षीले अधुरो छोडेको कामलाई पूरा गर्ने र मतदातासंगको प्रतिबद्धतालाई कुराले भन्दा काम गरेर पूरा गर्ने भएको बताएका छन् । घरदैलोमा डीनाले महिला सवालका विशेष र मकवानपुरको समग्र विकासको क्षेत्रमा आफ्नो संकल्प रहेको बताएकी छिन् ।

त्यसैगरी उपाध्याय र पराजुली घरदैलोमा पुग्दा मतदाता उत्साहीहँुदै दुवै जनालाई मत दिने बताएका थिए । हेटौंडा–७ की कृष्णदेवी बर्तौलाले खुलेरै धेरै पटक कम्युनिष्टलाई भोट दिएर जिताएको तर, फर्केर नआएको गुनासो गर्दै यस पटक संघमा डीनालाई र प्रदेशमा आनन्दरामलाई मतदान गर्ने सुनाइन् । उनले घरदैलोका क्रममा डीना र पराजुलीलाई चुनाव जितेर नहराउन, निरन्तर जनताको घरदैलोमा आउन र जनताको सुखदुःखमा साथै रहन अनुरोध गरिन् ।

हेटौंडा–४ का ९८ बर्षीय एक ज्येष्ठ नागरिकले यस पटक डीना र आनन्दरामलाई जिताउन अनुरोध गरे । मतदाताको उत्साहको कदर गर्दै पराजुलीले बोलेको कुरा पूरा गर्न पछि नहट्ने भन्दै मतदातालाई ढुक्क हुन भने । डीना पद्मकन्या क्याम्पसकी स्ववियु सभापतिहुँदै संविधानसभा सदस्य समेत रहेर संविधान जारी गर्न उल्लेख्य भूमिका निर्वाह गरेकी थिइन् । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित पराजुली त्यसयता निरन्तर जनताको सुखदुःमा साथै रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*