मुख्यमन्त्रीका दावेदार बानियाँ अंकगणितमा बलियो

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:३३

हेटौंडा- मंसिर ४ गते प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिती नजिकिएसँगै कसले चुनाव जित्ला भन्ने अड्कलबाजी हुन थालेको छ । यसक्रममा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतलाई समेत आधार बनाई विश्लेषण भइरहेको छ । मकवानपुरमा दुईवटा प्रतिनिधीसभा र ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । मकवानपुरमा आसन्न निर्वाचन रोचक हुने देखिएको छ । जिल्लाको दुवै प्रतिनिधीसभा र ४ वटै प्रदेशसभाको निर्वाचन रोचक हुने देखिएको हो । मकवानपुरको निर्र्वाचन क्षेत्र नम्वर २ को ख मा यो पटकको निर्र्वाचन अघिल्लो भन्दा फरक बनेको छ ।

राजनीतिक दलहरुमा आएको फेरबदलले सो निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको हो । ०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले चुनाव जितेका थिए । बानियाँले एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई पराजित गरेका थिए । माओवादीको बलबुतामा चुनाव उठेका स्याङ्तानलाई बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला बानियाँ एक्लै चुनावी मैदानमा थिए । अहिले चुनावी सेरोफेरो बद्लिएको
छ । अघिल्लो चुनावमा एक्लै नेकपाको उम्मेदवारलाई पराजित गरेका बानियाँलाई यो पटक माओवादीको साथ छ ।

यो चुनावमा बानियाँको निकट प्रतिष्पर्धी बनेका स्याङतानको साथ पनि उनलाई छ । जसले बानियाँलाई चुनाव जीत्नको लागि सहज बनाएको छ । ०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाए । यो निर्वाचनमा उनीसँग उनको प्रतिष्पर्धीको रुपमा नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ । थापा एक्लै मैदानमा होमिएका छन् ।

बानियाँको निर्वाचन क्षेत्र मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका,राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्दछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हाात पारेको थियो भने माओवादी र एमाले ७÷७ वटा वडामा विजयी भएको थियो ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्र्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । स्थानीय तह चुनावमा यो निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजाार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । यसरी हेर्दा गठबन्धन एमाले भन्दा १६ हजार पाँचचसय ६० मतले अगाडि छ । यसमा नेकपा एकिकृत समाजवादीको मत जोडिदा गठबन्धन एमाले भन्दा अझै मजबुद देखिन्छ । त्यसैले आसन्न निर्वाचनमा बानियाँलाई चुनाव जित्नको लागि सहज हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*