हेटौंडा आएर रवि लामिछानेले भनेः मत फेर्नुस्, पार्टी नफेर्नुस्

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:३५

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो मत फेर्नको लागि आग्रह गरेका छन् । मंगलबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मतदाताहरुलाई आफ्नो पार्टी नभई मत मात्रै फेर्न आग्रह गरे । उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आह्वान गरे । ‘तपाइहरुको पार्टी छोड्नुस भन्दीन तर, यो पटकको मत हामिलाई दिनुहोस । पुष्पलाल र विपीले बनाएको पार्टी छोड्नुस भनेको होइनकी आफ्नो मत यस पटक हामिलाई दिनुहोस भनेको हो’,उनले भने ।

भ्रष्टाचार पुर्ण रुपमा नियन्त्रण गर्नका लागि एक पटक आफुहरुलाई मतदान गरेर देखाउन दोहोर्याएर आग्रह गरे । लामिछानेले मंसिर ४ गते देशले सरप्राइज पाउने बताए । मंसिर ४ गते हुने निर्वाचनले नपत्याउदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दावी गरे । आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे ।काठमाडौं र धरानबाट त्यो सरप्राइज सुरु भइसकेको छ । चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईहरुले एउटा आवाज तपाईहरुले निकाल्नुहोला । त्यो आवाज घण्टिको हुनेछ । ‘लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्ने नाङ्गेझार लगाउने चेतावनी दिए ।

‘कयौं नेताहरुले भोट हाल्ने ठाउँमा सिसि क्यामेरा राखेको हुन्छौ । हामिलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छ’उनले भने‘यस्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गेझार पार्न नपरोस् ।‘लामिछानेले पत्रकारिताबाट आफूले धेरै चेलिवेटी तथा युवाहरुलाई विदेशबाट उद्वार गरेको ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरु रोजगारीमा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने दावी
गरे । उनले आफू सधैं जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे । लामिछानेले भने ‘चिनि नहालेको कालो चिया पकाएर
राख्नुहोस् ,म कुनैपनि तपाईहरुको घरमा आउनसक्छु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*