समृद्धिका लागि एमाले सरकारः श्रेष्ठ

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:३९

हेटौंडा- मकवानपुरको प्रदेशसभा १ को (ख)मा नेकपा एमालेबाट उम्मेदवार रहेका एकालाल श्रेष्ठले समृद्धिका लागि एमाले सरकार आवश्यक
रहेको बताएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले एमाले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि अपरिहार्य रहेको बताए । समृद्धिका लागि एमालेको विकल्पमा अन्य पार्टीहरु नरहेको बताए । मंगलबार हेटौंडा–१४ मा आयोजना भएको घरदैलो पछिको कोणसभामा बोल्दै उम्मेद्वार श्रेष्ठले एमाले नेतृत्वको सरकारको खोजी जनताले गरिरहेको बताए । कांग्रेस नेतृत्वको गठबन्धन सरकारका कारण मुलुक संकटमा परेकोले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको स्पष्ट पारे ।

‘कांग्रेस नेतृत्वको गठबन्धनको कारणले मुलुक संकटतर्फ जाँदैछ, आर्थिक गतिविधि ठप्प छन्, वैदेशिक रोजगारमा जानेहरुको संख्या बढिरहेको छ, कृषकहरुले मल बीउ पाएका छैनन् यी सबै समस्या हल गर्न एमाले नेतृत्वको सरकार गठन गर्नु आवश्यकता हो’, श्रेष्ठले भने । नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति एमाले रहेको भन्दै उनले देश भित्रको आवश्यकताले नेकपा (एमाले)को नेतृत्व खोजी गरेकोधारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*