सरकारले खेल क्षेत्रलाई प्राथामिकतामा राख्छः पराजुली

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:४१

हेटौंडा- मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् । कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा उनले मंसिर ४ को निर्वाचन पछि बन्ने केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका हुन् । उनले खेलकुद–कर्मीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए । मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले खेलकुद सहित सर्वाड्डीण विकासमा काम गर्ने पराजुलीको भनाई थियो ।

‘हामी गर्नसक्ने काम मात्रै बोल्छौं । एमालेले जस्तो हावादारी आश्वासन र फोस्रा नारा बाँड्दैनौं’, पराजुलीले भने, ‘खेलसहित स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा साझा योजना बनाएर काम गर्नेछौं ।’ खेल क्षेत्रसंग सम्बन्धित जानकारहरुसंगको छलफल र समन्वयमा यस क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । खेलमा आफू जित्न लागिपर्ने खेलाडीहरुले आफैं मैदानमा उत्रिएझैं गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न उनले अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*