विकास र समृद्धिको गन्तव्य पूरा गर्न एमालेः पौडेल

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार १२:००

हेटौंडा- मुलुकमा विकास र समृद्धिको गन्तव्य पूरा गर्न एमाले सरकार अपरिहार्य रहेको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । नेकपा एमालेको कार्यभार ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनआकांक्षा सम्बोधन गर्नु रहेको भन्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्ने उनले बताए । हेटौंडा–१० मा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा रहँदा बिकास र समृद्धिको लागि एमालेले सदैव अथक प्रयास गर्दै आएको पौडेलको दाबी थियो । नेकपा एमालेले घोषणामा मात्र परिवर्तन हैन जनताको जीवनमा समेत प्रभाव पार्नेगरी काम गर्ने उनको भनाई थियो । जनताले देखेका सपनालाई यथार्थतामा बदल्ने संकल्प र प्रतिवद्धता एमालेले गरेको उनले जानकारी दिए ।

औद्योगिक क्षेत्रको विकास गर्दै रोजगारीका लागि एमालेले उद्योग स्थापनामा जोड दिएको पौडेलले बताए । मत पाउन जनताको मन जित्नुपर्ने पनि उनको भनाई छ । टोल–टोलमा एमाले सरकारले गरेका कामहरुको परिणाम धमाधम देखिरहेको पौडेलले बताएका छन् । हाल प्रदेशमा १८ जना मन्त्री गठबन्धन फकाउने उद्देश्यबाट गठन गरिएको उनले आरोप लगाए । गठबन्धनको भाग पु¥याउन जनताको करको दुरुपयोग भएको पौडेल बताउँछन् । देश बनाउने समृद्धि ल्याउने चुनाव भएको एमाले बाहेकको विकल्प जनताले नखोज्ने उनको भनाई छ ।

नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एव्म मकवानपुर क्षेत्र नम्बर १ ख का निर्वाचन परिचालन कमिटी संयोजक रघुनाथ खुलालले एमाले विचार, सोच, कार्यक्रम भएको पार्टी भएको बताए । देश हाँक्ने र देश विकास गर्ने नेतृत्व एमालेसँग मात्र भएको उनको भनाइ छ । सक्षम नेतृत्वका कारण राष्ट्रियता, स्वाधीनता, समृद्धि बनाउँदै देशलाई अगाडि लैजाने उनले बताए । यसैगरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले आगामी निर्वाचनको परिणाम नेकपा एमालेको पक्षमा आउने बताए । बुधबार हेटौंडा–६,७ तथा २ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्वार श्रेष्ठले एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने बताएका छन् ।

एमालेले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन एमालेले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए । निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट फैलाइएका विभिन्न भ्रमहरु जनताले बुझिसकेको श्रेष्ठले बताए । एमालेले उठाएका राजनीतिक स्थायीत्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगायतका मुद्दाहरुलाई जनताले महशुस गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*