बकैया र बागमतीमा लोसपाको चुनावी सभा

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार १२:१४

हेटौंडा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती र बकैया गाउँपालिकामा चुनाव प्रचारलाई तीव्रता दिएको छ । आफ्ना उम्मेदवारसहित लोसपाले बकैया र बागमतीका वडा–वडामा निर्वाचन परिचालन कार्यक्रमअन्तर्गत मतदाता भेटघाटमा जोड दिएको हो । गाउँका हरेक मतदाताको घरघर पुगेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट लोसपाका प्रत्यक्षतर्फका उम्मेद्वार रूपक लामाले मतदातासँग मत मागिरहेका छन् । उनले आफ्नो उम्मेदवारी चुनाव जित्न मात्र नभई यहाँका जनताको हरेक समस्यासँगै विकासमा हातेमालो गर्न रहेको प्रष्ट पारेका छन् ।

लोसपाले बकैया गाउँपालिका–१ बाट पहिलो चुनावी सभा गरेर निर्वाचन कार्यक्रमलाई अगाडि बढाएको थियो । चनावी कार्यक्रमसँगै १ नम्बर वडामा क्षेत्रबहादुर मोक्तानको अध्यक्षतामा पार्टी पुर्न गठन गरिएको छ । बकैयाबाट घरदैलो गर्दै मतदातासँग भेट गरि बुधवार बागमती गाउँपालिका–४ पाँचपाण्डवमा चुनावी सभा गरिएको थियो । पार्टी बागमती प्रदेश महासचिव मोलम लामाको प्रमुख आतिथ्यता तथा मोक्तानको सभापतित्वमा भएको चुनावी सभामा गैरभौगोलिक प्रदेश महासचिव खड्गबहादुर श्रेष्ठ, प्रतिनिधिसभा क्षेत्र नम्बर–१ प्रत्येक्ष उम्मेदवार रुपक लामा, बागमती प्रदेश उपाध्यक्ष विजय तामाङलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*