‘यो पटक अझै सजिलोसँग चुनाव जित्छु’

विरोध खतिवडा
२०७९ कार्तिक २४, बिहीबार १२:३०

विरोध खतिवडा जसले बिनाअवरोध ४ वटा निर्वाचन जिते । कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेदेखि हालसम्म खतिवडाले ४ वटा निर्वाचनमा उम्मेदवार बनेका छन्। उनले आफ्नो हालसम्मको लडेका चारवटै निर्वाचनमा जित हात पारे । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी भएका उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए । २०६४ चैत २८ र २०७० मंसिर ४ गते सम्पन्न पहिलो र दोस्रो संविधानसभा (संसद्)को चुनावमा भने टिकट नपाउँदा उनी चुनावी मैदानमा होमिन पाएनन्। यसअघि नेकपा एमालेबाट निर्वाचन जित्दै आएका खतिवडा पहिलोपटक सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एकिकृत समाजवादी पार्टीको झण्डा लिएर चुनावी मैदानमा छन् ।

शिक्षक आन्दोलनका चर्चित नेता बद्रीप्रसाद खतिवडाका छोरा विरोध एमालेबाट छुट्टिएर बनेको समाजवादीको स्थायी कमिटीका सदस्य छन् । खतिवडाले आफ्नो कडा प्रतिस्पर्धीको रूपमा आफ्नै चेला महेश बर्तौलालाई पाएका छन् । गत निर्वाचनमा उनलाई जिताउन चुनावी मैदानमा खटिएका उनकै चेला आगामी निर्वाचनमा उनलाई हराउन मैदानमा उत्रिएका छन् । एमाले युवा नेता बर्तौला कुनै समय राजनीतिमा खतिवडाका चेला थिए । कुनै समय गुरुचेलाका रूपमा रहेका उनीहरू मंसिर ४ को चुनावमा एकअर्काविरुद्ध उभिएका छन् । प्रस्तुत छ यिनै सेरोफेरोमा उनै खतिवडासँग साझाकुराले गरेको कुराकानी ः

फेरि पनि तपाईको उम्मेदवारी किन ?
हाम्रो संविधानले ५÷५वर्षमा अद्यावधिक चुनाव तय गरेको छ । कतिपटक के भन्ने कुनै प्रावधान कानुनी रुपमा केही पनि छैन । त्यसैले म जस्तै अरु कयौ उम्मेदवारहरु पनि उठेको देख्नु भएको होला । किन भन्नुपर्दा स्वभाविक रुपमा नै मैले जे जति काम गरेको छु त्यो आधारबाट पनि मलाई पार्टीले,यहाँको मतदाताले र गठबन्धनले पनि मकवानपुर क्षेत्र नम्वर २ मा विरोधजी उठ्ने हो अरु होइन भनेर प्रचण्डजीले पनि भन्नुभयो ।

त्यसैले अन्य जिल्लामा जस्तो यहाँ कांग्रेस माओवादीबाट पनि केहि सुन्नु भएको छैन होला । निर्वाचन जित्ने हिसावले म सजिलो हुन्छु भनेर मलाई उम्मेदवार बनाएको हो । नेपालको आवश्यकता अनुसार हाम्रो ग्रामिण जीवन, पहाडी जिल्ला भएकोले ठुलो ठुलो कुरा भन्दा पनि जनताको प्राथमिक आवश्यकता भनेको स्वास्थ्य, शिक्षा, खानेपानी, पुलहरु लगायत नै मुख्य प्राथमिकतामा छन् । ती कामहरु कति भएका छन्,कति हुन बाँकी छ ।

दुर्गम भेगबाट डाडाखर्क आसपासबाट धादिङ लाने सडक ९८ करोड राखेर नयाँ परियोजना गर्ने,मनहरीबाट कैलाश जोड्ने सडकहरु निर्माण गर्ने,दुई वटा गाउँमा अहिलेसम्म पक्कि सडक पुगेका छैनन् । राक्सिराङको सदरमुकाम र कैलाशको सदरमुकामको काम मैले फत्ते गर्नुपर्ने छ । चित्लाङमा मैले बहुप्राविधिक विश्वविद्यालयमा दुई अर्व १०
करोड लगानी गरिसकेको छु । अर्को वर्षबाट त्यहाँ पढाई सञ्चालन हुनेगरि काम समपन्न गर्नुपर्नेछ । कयौं अधुरा योजना सञ्चालन गर्ने र अरु थप आवश्यकताहरु पुरा गर्दै जानको लागि मेरो उम्मेदवारी हो । नयाँ अभियानको रुपमा अहिले मैले गाँजाको मुद्वालाई दुई वर्षदेखी संसदमा पनि उठाइरहेको छु । त्यसलाई निष्कर्षमा पुर्याउने क्रममा म छु । संयुक्त राष्ट्र संघले पनि गाँजालाई लागूऔषबाट हटाएको छ । हामिले नेपालको तर्फबाट मतदान पनि गर्यौ ।

गाँजा औषधिजन्य विरुवा हो । यसको नेपालमा विधेयक बन्ने क्रममा छ । गृहले विधेयक बनाइसकेको छ,अर्थले पनि सहमती दिइसकेको छ । कानुनमा यसको भाषा हेर्ने क्रममा छ । यो पटकको संसदमा त्यो ल्याउन सकिएन । केपी ओली सरकारमा हुँदा नै मैले यो प्रयत्न गरेको हुँ । तर,उहाँले म उहाँको विपक्षमा भएकोले प्राथमिकतामा राख्नु
भएन । पछि गठबन्धनको सरकार बनेपछि गर्न खोज्दा ९ महिना संसदअवरुद्व गरियो । अत्यावश्यक प्रकृतीका विधेयकहरु बाहेक अरु त्यहाँ प्रवेश गर्ने र छलफल गर्ने वातावरण थिएन । त्यसैले गाँजाको विषयलाई मैले निष्कर्षमा पुर्याउनुपर्नेछ । समग्रमा भन्नुपर्दा निर्वाचन क्षेत्रको जनप्रतिनिधीको नाताले यहाँको केहि आवश्यकताअरु मैले पुर्ती गर्दै जाने र अर्को विधेयकको हिसाबले आवश्यक कानुन निर्माण गर्ने कुरामा मुख्य रुपले केन्द्रित हुन मैले उम्मेदवारी दिएको हुँ ।
तपाईले मकवानपुरको लागि के गर्नुभयो ?
मैले थुप्रै कामहरु गरेको छु । चित्लाङको बहुप्राविधिक विश्वविद्यालयमा दुई अर्व १० करोड निकासा भइसकेको छ, ९८ करोड लागतमा गोगने हुँदै मोहरिया हुँदै धादिङ जाने बाटोको काम सुरु भएको छ । ४० करोडमा पकनी हुँदै दक्षिणी भेग आउने सडकको ५÷६ दिनमा टेण्डर हुन्छ होला । त्यस्तैगरि कयौ ठाउँमा खानेपानीका ठुला ठुला योजनाहरु सञ्चालन भएका छन् । थाहामा १७ करोडको खानेपानीको योजना सम्झौता भएर काम सुरु भइसकेको छ ।

थाहामै हस्पिटलमा पनि १८ करोडको लागतमा अक्सिजन प्लान्टसहितको बन्दैछ । मकवानपुरको दुर्गम क्षेत्र ईपा कोगटेमा जाने ३० करोडको लागतको दुईवटा पुलसहितको सडक निर्माण भएर अहिले यातायात सञ्चालनमा आइसकेको छ । बासुदेवमार्ग भनेर बुढिचौर हुँदै सिस्नेरी निकाल्ने बाटोको लागि रातो कितावमा बजेट छुट्याउने क्रम सुरु गरेको छु । त्यहाँ ९ करोड खर्च भइसकेको छ,अब धेरै बाँकी छैन । रजैयाबाट दरदरा हुँदै मसिने,चकरी,मकरी पुग्नको लागि बाटो निर्माण गर्न रातो कितावमा बजेट राख्न लागेको छु । चेपाङलाई उज्यालो भन्ने मैले अभियान नै सुरु गरेको छु ।

त्यसअन्तर्गत अहिले पनि १२÷१५ करोडको काम राक्सिराङमा भइरहेको छ । ईन्द्रसरोवरको ताललाई पोखराको फेवातालकै रुपमा पर्यटकहरु आउनेगरि अगाडि लैजानको लागि केन्द्र सरकारले एक प्रदेश एक पर्यटकिय स्थल भन्ने नीति अनुरुप मैले मकवानपुर जिल्लाको ईन्द्रसरोवर ताललाई एक मात्रै पर्यटकिय स्थलको रुपमा विकास गर्ने केन्द्रिय सरकारले निष्कर्षमा पुर्याएको छ ।

आमभञ्ज्याङ र गढिको बीचमा रहेको सामरी पुलमा ३ वटा पुल बनेको छ । मनहरीको राप्ति खोलामा म निर्वाचित हुने बेलामा एउटा केहि पनि थिएन अहिले त्यहाँ २ वटा झोलुङगे पुल र ३ वटा पक्कि पुल चालु अवस्थामा छ । मकवानपुर जिल्लाबाट काठको पोललाई विस्थापित गर्ने भन्ने अभियानमा पनि लागेको छु । त्यो लगभग ८० प्रतिशत सम्पन्न भएको छ । परेवाभजस्तो संकटकालिन अवस्थामा ठाँउहरुमा बाटो निर्माण हुने काम सुरु भइसकेको छ । यो ढंगले मैले शिक्षा,स्वास्थ्य,खानेपानी,
विद्युतीकरण यी सबै क्षेत्रमा काम गरेको छु । त्यो पनि मैले लाख,२० लाख ५० लाखको कुरा गरिरहेको छैन, करोडौंको कुरा गरिरहेको छु ।
तपाई स्वास्थ्यमन्त्री बन्दा पनि मकवानपुरको स्वास्थ्य समस्या समाधान गर्न तपाईले केहि पहल गर्नुभएन भन्ने गुनासो छ नी ?

यो बेक्कारको कुरा हो । प्रत्येक जिल्लामा वीर हस्पिटल, टिचिङ हस्पिटल बन्न सक्दैन । त्यो सम्भावना हुदैन । हामिसँग आर्थिक पक्ष बलियो भएपछि ५० वर्षपछि बन्ला । हामिले नीतिगत रुपमा ७ वटै प्रदेशमा ५०० बेडको अस्पतालहरु निर्माण गर्ने भनेर निर्णय पनि गरेका छौ । जिल्लाको हिसाबले भन्नुपर्दा पहिलाको भन्दा धेरै सुधार भएको छ । हाम्रो अस्पतालको भवन पनि राम्रो बनेको छ । त्यो बेलामा अनावश्यक रुपमा विवाद खडा गरिएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई लिएर तत्कालिन एमालेको सरकारले विवाद सिर्जना ग¥यो । एउटा जिल्लामा एउटा सरकारी अस्पताल अनिवार्य रुपमा चाहिन्छ ।

हेटौंडा अस्पताल पुरानो अस्पताल हो । उसको आफ्नै भवन छ,कर्मचारी छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यो सबै जनशक्ति,भवन,जमिन सित्तैमा लिएर त्यसलाई नीजि ढंगले मनोनीत गरेको मान्छेबाट चलाउने र बिरामीलाई महंगो उपचार पर्नेगरि चलाउन खोज्यो । बिना पुँजी हेटौंडा अस्पतालको सम्पति लगेर बिरामीलाई महंगो उपचार लैजाने षड्यन्त्रलाई चिरियो । स्वास्थ्य क्षेत्रमा मकवानपुरको ग्रामिण भेगमा भन्ने हो भने लगभग सबै पालिकामा १५ बेडको अस्पताल तयार भएका छन् ।  वडामा पनि सामुदायिक स्वास्थ्य केन्द्र लैजाने भन्ने अन्तर्गत म स्वास्थ्य मन्त्री भएको बेलामा जिल्लाको साथीहरुलाई भने । केहि आउनुभयो र हामिले वडा वडामा सामुदायिक स्वास्थ्य केन्द्र खडा गर्यौ । खाली ठाउँमा अझैपनि गर्न सकिन्छ ।
तपाईको प्रतिष्पर्धीको रुपमा तपाईको आफ्नै चेला हुनुहुन्छ ? उहाँलाई कसरी आकँलन गर्नुभएको छ ?
चुनावमा हामिले चाहेको नै यहि हो । दलीय व्यवस्था स्थापना गर्न,पञ्चायत व्यवस्था ढाल्न,गणतन्त्र ल्याउन प्रतिष्पर्धाको राजनीति चाहिन्छ भनेर हामिले ल्याएको हुँदा पाँच वर्षमा आउने चुनावमा दलीय, व्यक्तिले वा स्वतन्त्र उनीहरुको अधिकार हो । यसलाई म स्वागत गर्छु । त्यसकारण बा उठ्यो,छोरा उठ्यो वा भतिजा उठ्यो भन्ने  कुरा होइन । कुन पार्टीबाट उठ्यो भन्ने पनि ठुला कुरा होइन । यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ । त्यसै अन्तर्गत कुनै एउटा खास पार्टीबाट महेश पनि उम्मेदवार भएका छन् । यसलाई मैले कुनै अनौठो रुपमा लिएको छैन । अन्य १० जना उम्मेदवारहरुजस्तै गरि मैले लिएको छु । म आफैपनि त्यहि भीडको एउटा उम्मेदवार हुँ ।
तपाईले चुनाव जित्ने आधार के हो ?
अहिले हामि गठबन्धनमा छौ,झन् आधार बलियो भयो । म एक्लै पनि चुनाव जितिरहेको थिए । एमालेमा म नै नेता भएर ३५ सालदेखी निर्माण गरेको हो ।  मेरै विश्वासमा कयौ साथीहरु एमालेका लागेका थिए । अहिले म गएपछि एमालेको आधाजति मतदाता मसँग आएका छन् । गठबन्धनको कांग्रेस र माओवादीको मत पनि मलाई सपोर्ट भएपछि पहिला भन्दा मैले सजिलो ढंगले जित्ने बाटो खुल्यो नी ।
जनताले तपाईलाई किन भोट दिने ?
यो अनउत्तरिय प्रश्न हो । चुनाव गरेकै मत दिन र नदिन पाउनको लागि हो । ५÷५ वर्षमा तिमिले भोट दिएको पार्टीसँग तिमिलाई चित्त बुझेको भए दोहो¥याएर देउ,जिताएको उम्मेदवार चित्त नबुझेको भए आउट गर भनेरै हामिले यो व्यवस्था गरेको हो ।अहिले पनि मलाई ४ चोटी जिताएको जनताहरुले हामि जिताउछौ आउनु भने । व्यक्ति आफै चुनावमा गए त १००÷५० भोट पनि नआउला । त्यसले गर्दा मलाई यो क्षेत्रको मतदाताले पुनःतपाई उठ्नुपर्छ,अरु हुदैन भने । मेरो पार्टीले स्विकार्यो । शेरबहादुर र प्रचण्डजीले पनि विरोध जी नै उठ्नुपर्छ भनेर माइन्युट गरेपछि म उठेको हुँ ।

अघिल्लो चुनावमा तपाईलाई जिताउन हिडेकाहरु अहिले हराउन हिडेका छन् । केहि चुनौती पनि देख्नुहुन्छ की ?
म एमालेमा थिए, एमालेले मलाई जिताउन हिडेको थियो । एमालेले ४ पटकसम्म विरोध खतिवडालाई जिताउदा एकदम लायक,योग्य, वरिष्ठ, उहाँ जस्तो ज्ञानी गुनी, विकासप्रेमी कोहि छैन भनेर ०७४सम्म नारा लगाएर हिडेकै हो । अब अहिले आएर पाचौं पटक उठ्दा चाहि विरोधजतिको रद्वि, काम नलाग्ने, सिन्को नभाच्ने ईत्यादी भयो । त्यसकारण यो राजनीतिक फन्डा मात्रै हो । एमालेले मलाई हराउन हिड्नु स्वभाविक हो । म पनि एमालेलाई हराउन हिडेको छु ।

यसमा तपाइको मत

Your email address will not be published.


*