जो अस्पतालमै पुगेर विपन्नलाई सहयोग गर्छन्

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार १२:३४

हेटौंडा- मनहरी गाउँपालिका ९ की ३३ वर्षीय शर्मिला सुनार क्षयरोग पीडित छिन् । उनीकहिलेकाहिँअचेत भई ढल्ने गर्छिन् । केही समयअघि अचेत भई ढल्दा अगेनामा परेर सुनारको खुट्टा जल्यो । उपचारको लागि चितवन मेडिकलकलेज पुर्याइयो । कमजोर आर्थिक अवस्था रहेको सुनार परिवारलाई उपचार गराउन समस्या भयो । यो खबर नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र्र बहादुर बानियाँले थाहा पाए । खबर सुन्ने बितिक्कै बानियाँले सहयोगीमार्फत अस्पतालमै नगद ७० हजार रुपैयाँ पुर्याइदिए । अस्पतालमा लागेको उपचार खर्चमा पनि भारी छुट गराइदिए । बानियाँको सहयोगले शर्मिलाको परिवार निकै खुसी बनेको छ ।

मनहरी ९ की कौशिमाया स्याङ्बो र उनको परिवारले पनि बानियाँको सहयोगले राहत महसुस गरेको छ । कौशिमायाकी श्रीमान मानबहादुर स्याङ्बो बैदेशिक रोजगारीका क्रममा दुबईमा थिए । कामकै शिलशिलामा मानबहादुरको केही समयअघि विदेशमै मृत्यु भयो । पतिको मृत्युको शोक त छँदै थियो । पतिको शव स्वदेशमा ल्याउने र काजकिरिया गर्ने खर्चसमेत कौशिमायाको परिवारसँग थिएन । त्यस्तो पीडामा केही हदसम्म भएपनि मल्हम लगाउन बानियाँ नै हाजिर भए । शव स्वदेश ल्याई काजकिरिया गराउन बानियाँले नगद २० हजार रुपैयाँ सहयोग दिए ।

दुई महिनाअघि थाहानगर पालिका ४ का रामकुमार पाख्रिनको मोटरसाइकल दूर्घटनामा परी खुट्टा भाँचिएर उपचार गर्न हेटौंडाको सहकारी अस्पतालमा ल्याइयो । उनको खुट्टाको शल्यक्रिया गरी सन्चो बनाइयो । तर, उपचारगर्दा धेरैखर्च भयो । अस्पतालको रकम तिर्ननसक्दा अस्पतालबाट निस्कन नसकेका पाख्रिनको उपचार खर्च तिरिदिन पनि बानियाँको हातमाथि पर्यो । उनको उपचार खर्च तिर्न सहज होस् भनी बानियाँले सहयोगीमार्फत अस्पतालमै पुगी उपचार खर्चको लागि नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिदिए ।

कमजोर आर्थिक अवस्थाकी हेटौंडा–१८ कि संगीता थिङको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया गर्न खर्च अभाव भएपछि सहयोगको अपिल गरेकी संगीतालाई उपचार खर्चमा सहयोग गर्न बानियाँले १ वर्ष अघि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए । बानियाँको आर्थिक सहयोगले आफ्नो उपचारमा सहयोग मिलेको भन्दै
खुसी बनेकी संगीता सधैं बानियाँको प्रशंसा गर्छिन् ।

मनहरी गाउँपालिका ६ निवासीकृष्णमाया राईको नाकको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि नेता बानियाँले केही महिनाअघि अस्पतालमै पुगीनगद २० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेका थिए । यस्तै हेटौंडा–१ का राकेश महर्जन पनि दीर्घ रोगी हुन् । उनलाई नियमित औषधि सेवनगर्नुपर्ने हुन्छ । उनको औषधि सेवनको लागि बानियाँले मासिक आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उक्त सहयोग नियमित गर्दै जाने बानियाँको प्रतिवद्धता छ । एक वर्षअघि हेटौंडा १८ की सुनिता आलेमगरको एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भयो । आलेमगरको चितवनमा उपचार हुँदै थियो । कमजोर आर्थिक अवस्थाकी आले मगरले उपचार खर्च बेहोर्न कठिन भएपछि कांग्रेसका स्थानीय नेतामार्फत बानियाँसम्म आर्थिक सहयोगको याचना गरिन् ।

बानियाँले सहयोगी मार्फत अस्पतालमै २० हजार रुपैयाँ पु¥याइ दिए । एकै बचनमा बानियाँबाट आर्थिक सहयोग प्राप्त गरेकोमा आले मगर निकै खुसी बनेकी थिइन् ।करिब ३ वर्षअघि मकवानपुरको पश्चिमी क्षेत्रकी एक बालिकाको गम्भीर रोगका कारण उपचार गराउन आर्थिक अभाव भएको भन्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेको सिविन बाल हेल्पलाइनसम्म सहयोगको लागि आग्रह हुन आयो । सिविनले सकेको आर्थिक सहयोग गर्यो, चितवनको सिविनबाल हेल्पलाइनलेपनि सहयोग थप्यो ।
सिविनको सहयोगले मात्रै बालिकाको उपचार खर्च नपुगेपछि सिविनबाल हेल्पलाइनले बालिकाको उपचारमा सहयोगको लागि आह्वान गर्यो । त्यति बेला पनि बालिकालाई सहयोग गर्न ईन्द्रबहादुर बानियाँ अघि सरेका थिए ।

उनले त्यतिबेला ३० हजार रुपैयाँ बराबरको औषधि उपचार खर्च बेहोरेका थिए । आम सर्वसाधारणलाई आर्थिक तथा मानवीय सहयोग गर्दै आएका बानियाँले पार्टीकै नेता कार्यकर्ताको समस्यामा पनि उत्तिकै साथ दिन्छन् ।कांग्रेसका नेता रामकृष्ण प्रजा दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित डाइलासिस गराइरहेका छन् । प्रजालाई नियमित डाइलासिस र औषधि सेवनगर्न बानियाँमार्फत केही महिना अघि आर्थिक सहयोग भएको छ । तत्कालीन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता रहेका बानियाँले संसदीय दलबाट निर्णय गराई ५० हजार र व्यक्तिगत ५० हजार रुपैयाँ गरी प्रजालाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । विपन्नको आधारभूत आवश्यकता पूरा गराउन पनि बानिया क्रियाशील छन् ।

३ वर्षअघि बानियाँले हेटौंडा–३ का ७७ परिवारलाई खानेपानीको मिटर खरिद गर्न आर्थिक सहयोग गरेका थिए । उनले प्रति परिवार २ हजार रुपैयाँका
दरले एक लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए । ‘धेरैको दुःख र पीडामा मैले सकेको सहयोग गर्ने गरेको छु । मैले राजनीति गरेकै दुःखी गरिबको सेवा गर्नको लागि हो ।’ बानियाँ भन्छन्–‘मेरो हैसियतले भ्याएसम्म सधैं गरिब र निमुखा जनताकै सेवामा निरन्तर लागि रहनेछु ।’मकवानपुरे नेता बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेका छन् । हरेक दिनजनताको सेवामा क्रियाशील रहेको भन्दै बानियाँले आगामी निर्वाचनमा जनताले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*