कोभिडमा खाद्यान्न र अक्सिजन लिएर पुग्थे आनन्दराम

साझाकुरा
२०७९ कार्तिक २६, शनिबार १३:२६

हेटौंडा-आनन्दराम पराजुली कांग्रेस युवा नेताका साथै मनकारी समेत रहेका छन् । अप्ठेरो परिस्थिति होस या सहज स्थिति होस घुलमिल हुन कुनै हिच्किचाहट गर्दैनन् । उनले
गरेका उदाहरणीय काम थुप्रै छन ।उनको विशेषताकै कारण हेटौंडा–१८ की सानुकान्छी रुम्बाले नयाँ घर पाइन् भने हेटौंडा–१८ का आइते सिंह वाइवाले पनि नयाँ घर पाए । त्यसैगरी कोभिडको समयमा पराजुलीको सहयोगमा हेटौंडा–१५ का राते कामीले नयाँ जिवन पाए । कोभिडले विश्व नै आक्रान्त बन्दा नेपालमा पनि कोभिडको प्रभाव करिव ३ वर्ष रह्यो । कोभिडका कारण नेपालमा पनि लकडाउन भयो । लकडाउनका समयमा आर्थिक कृयाकलापहरु ठप्प हुँदा न्युन आयका भएका व्यक्तिहरु मारमा परे । कोभिडका कारण मकवानपुरमा पनि धेरैले समस्या भोग्नुप¥यो ।

त्यस्तो बेला समस्यामा परहेकाहरुलाई सहयोग गर्न आनन्दराम पराजुली विभिन्न खाद्यान्न समग्री लिएर पुगे । उनी कोभिडका समयमा आर्थिक र खाद्यन्न सयोगका लागि हेटौंडाको वडा नम्बर–१, ४, ५, ६, ७, ८, १३, १४, १६, १८ सहित मकवानपुरको बकैया, बागमती र भीमफेदी सम्म पुगे । त्यहाँ पुगेर उनले कोरोनाबाट बच्न अनुरोध गर्दै दाल चामल, नुन, तेल, चिउरा लगायतका खाद्यान्न सहयोग गरे । यसैगरी कोभिडको उच्च जोखिमका समयमा अक्सिजन नपाइएको थाहा पाएपछि अक्सिजन बोकेर पुग्थे आनन्दरामा ।उनले अक्सिजनको अभाव हुँदा अक्सिजन लिन वीरगन्ज, नवलपरासी सम्मा आफै पुगेर अक्सिजन ल्याए र कोरोनाका बिरामीलाई निशुल्क घरमै पुगेर अक्सिजन सिलिन्डर सहयोग गरे । उनको सहकार्यमा साथ दिएका थिए कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले, इटेनीसँगै हाल मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार तथा कांग्रेस बागमती सभापति र प्रतिनिधिसभा क्षेत्र नम्वर–१ का उम्मेदवार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि उनको अभिनयमा ईट्टा थप्ने काम गरेका थिए ।

हेटौंडा–४ का रमेश अधिकारी कोभिडका समयमा निकै विरामी परे, उनको अक्सिजन लेबल ८० मा झर्यो, उनले अक्सिजनका लागी हार गुहार गरे, तर कतै अक्सिजन सिलिन्डर पाएनन् ।कोभिडले उनको ५० प्रतिशत फोक्सोमा क्षती पुगिसकेको थियो । यसै क्रममा आनन्दराम पराजुलीको पहलमा उनलाई अक्सिजन सिलिन्डर उपलब्ध गराइयो । पराजुलीको सहयोगले उनी कोभिडलाई पराजित गर्न सफल भए । अधिकारीले आफ्नो प्रतिकूल रहेको स्वास्थ्य अवस्थामा आनन्दरामले गरेको सहयोगलाई कहिलै नभुल्ने टेलिफोन सम्पर्कमा सुनाए । अधिकारी आनन्दरामलाई आसन्न निर्वाचनमा विजयी बन्न सुभकामना समेत दिए ।एकल महिलालाई घर बनाउन सहयोग गरेका र किड्नी फेल भएका विरामीलाई आर्थिक सहयोग गरी घर बनाइदिएका पराजुली आसन्न प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*