हेटौंडा–१ः घरका ढोका–ढोकामा पुगेर उम्मेदवारको अपिल

साझाकुरा
२०७९ कार्तिक २६, शनिबार १३:२८

हेटौंडा- लोकतान्त्रिक बाम गठबन्धन मकवानपुरका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु जनताको समस्या बुझ्दै घरघर पुगी भोट(मत) माग्न व्यस्त छन् ।
यसैबीच, प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले शुक्रबार हेटौंडा उपमहानगरपालिका १ मा घरदैलो अभियान गरेका छन् । हेटौंडा–१ को चाइनाक्वाटरदेखि जरुवाटोल हुँदै चौकिटोलसम्म मत माग्दै घरदैलो अभियान गरिएको थियो । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले घरका ढोकासम्मै पुगेर जनतासँग प्रत्यक्ष रुपमा मत मागेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । भेटघाट क्रममा स्थानीयवासीले जितका लागि शुभकामना दिँदै आफ्नो क्षेत्रमा विकास, निर्माणसँगै सामाजिक सुरक्षाका क्षेत्रमा काम गरिदिन आग्रह गरेका थिए । यसैबीच, लोकतान्त्रिक बाम गठबन्धनले भीमफेदी गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनाव प्रचारप्रसारका क्रममा कार्यक्रम आयोजना गरेको छ । भीमफेदी गाउँपालिका–८ ईपा, भीमफेदी–५, सोलुभञ्ज्याङ र भीमफेदी–७, कोगटेमा चुनावी कोणसभा गरिएको थियो ।

कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडा, मकवानपुर क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानलगायतले सम्बोधन गरेका थिए । क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खतिवडाले देश र जनताका लागि सडक आन्दोलनमा उत्रेका र जेल परेकाहरुको गठबन्धन भएकाले ढुक्कले भोट हाल्न आग्रह गरे । ‘हामी देश र जनताको लागि लडनेहरुले नै गठबन्धन बनाएका छौ’, उनले भने । ‘आकाशे सपना देखाउने, हावाबाट बिजुली निस्कीन्छ, रेल आउँछ भन्ने एमालेलाई विश्वास नगर्नुस्, अब जे गर्छ गठबन्धनले गर्छ’,

यसमा तपाइको मत

Your email address will not be published.


*