हेटौंडा–१ मा बर्तौैला र ढकालको घरदैलो

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:३७

हेटौंडा- नेकपा एमालेबाट जिल्लाको प्रतिनिधिसमा क्षेत्र नम्बर १ का उम्मेदवार महेश बर्तौला र प्रदेशसभा २ को (क)का उम्मेदवार विष्णु ढकालले हेटौंडाको १ नम्बर वडामा मतदाता भेटघाट गरेका छन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को विभिन्न टोलमा नेकपा एमालेका उम्मेदवारहरुले शनिबार बिहान घरदैलो कार्यक्रम गरेका हुन् ।घरदैलो कार्यक्रममा दुवै उम्मेदवारलाई मंसिर ४ गतेको हुने चुनावका दिनमा मतदान गरेर जिताउने प्रतिबद्धता टोलवासीहरुले गरेका छन् । घरदैलो अभियानका क्रममा भेटिएका किशोर, किशोरी, युवा पुस्ता र वृद्धवृद्धाहरुले आशा लाग्दा उम्मेदवार बर्तौला र ढकाल रहेकाले मतदान गर्ने बताएका छन् ।

हेटौंडा–१ को चौकीटोल, चाइनाक्वाटर, बजार क्षेत्र, सहकारी अस्पतालको क्षेत्रलगायतका विभिन्न टोलमा घरघरमा पुगेर आफ्ना पक्षमा मतदान गर्नका लागि उम्मेदवारहरुले आग्रह गरेका हुन् । पहिले पटक–पटक चुनाव जितेकाहरुले विकासका काममा ध्यान नै नदिएकाले जोशिला युवा उम्मेदवारलाई मत दिने स्थानीयले बताए । स्थानीय बासिन्दाहरुले सडक पक्की निर्माण गर्नुपर्ने, राप्ती खोलाको समस्या वर्षा याममा धेरै भएकाले बाध बाध्नुपर्ने लगायत कुराहरु उम्मेदवारसमक्ष राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*