बकैयाबाट थापा र विष्टले भने, ‘एमाले विकास र समृद्धिको सम्बाहक’

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:४०

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार रहेका कमल थापाले राष्ट्रवादी सरकार गठनको अभिभारा एमालेले बोकेको बताएका छन् ।
एमाले राष्ट्रवादी पार्टी भएकै कारण राप्रपा नेपालले मिलेर निर्वाचनमा हातेमालो गरेको उनले बताए । शनिबार बकैया गाउँपालिकामा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमाले विकास र समृद्धि चाहने पार्टी रहेको बताए ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता भएको बताएका छन् । ओलीले नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा ऐतिहासिक निर्णय लिन सक्ने नेता भएको उनको भनाइ थियो । थापाले ओली जस्तो एउटा दृढ अडान र राष्ट्रवादी सोच भएका नेताले यो देशलाई संकटबाट मुक्त तुल्याउनका लागि ऐतिहासिक निर्णय लिनसक्ने धारणा राखे ।

मकवानपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ को (क)मा एमालेबाट उम्मेदवार रहेका कमल विष्टले एमाले विकास र समृद्धिको सम्बाहक रहेको बताएका छन् । एमाले देशको पक्षमा निरन्तर पहरेदार गर्ने पार्टी भएकोले नेकपा एमालेलाई जिताउन आग्रह गर्दै नेकपा एमालेको विकल्प नभएको बताए । शनिबार बकैयामा भएको चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै जनताको धेरै विश्वास पाउने बताउँदै एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे । एमालेको सरकारले निरन्तर अडान लिएका कारण लोकतन्त्र र गणतन्त्रका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बिष्टको भनाइ थियो । स्वाधिनता, समृद्धि र विकास चाहने हो भने नेकपा एमालेले चुनावमा बिजयी बनाउन आग्रह गरेका छन् ।

साथै, उनले परमादेश सरकारले एमालेबिरुद्ध सबै जाल झेल र षड्यन्त्र गरेको बताउँदै नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मत हाली बिजयी बनाएमा विकास समृद्धिका बाँकी काम एमालेले पूरा गर्ने बताए । अहिले राष्ट्रियता जोगाउने र नजोगाउनेबीच युद्ध र आन्दोलन मंसिर ४ गते हुने भन्दै राष्ट्रियता जोगाउनेलाई बिजयी बनाउन उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, एमाले केन्द्रीय कमिटी सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती
प्रदेश कमिटी सदस्य श्रीधर पोख्रेल, देवराज रिमाल, पार्टी जिल्ला उपसचिव हिदम लामालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*