‘राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ’

ईन्द्रबहादुर बानियाँ
२०७९ कार्तिक २७, आईतवार ०९:४९

ईन्द्रबहादुर बानियाँ, जसले मकवानपुरमा नेपाली कांग्रेसलाई संगठित बनाए । कम्युनिष्टहरुको गढको बीचमा कांग्रेसको झण्डा फहराए । कांग्रेस मकवानपुरको सभापति हुँदै हाल बागमती प्रदेशका सभापति रहेका बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ (ख) बाट चुनावी मैदानमा छन् । गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनिसकेका बानियाँ यसअघि ०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्षे कार्यकालमा उनले साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको रुपमा भुमिका निर्वाह गरे ।

सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे । तर लिखित रुपमा भएको सहमति पाँचदलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन् । प्रदेशसभाको पहिलो कार्यकालमा मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका बानियाँ दोस्रो इनिङमा उक्त अवसर पाउनका लागि यति वेला चुनावी मैदानमा छन् । यो निर्वाचनमा उनी निर्वाचित भए र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनेको खण्डमा उनी कांग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ । उनको उम्मेदवारी सेरोफेरोमा केन्द्रित रहेर बानियाँसँग साझाकुराकर्मी श्रीजना नेपालले गरेको कुराकानी :

तपाई दोहो¥याएर एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । मतदाताहरुलाई कतिको उत्साही देख्नु भएको छ ?
म २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुँ । यस अवधिमा मैले मतदाताहरुले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको छु । मतदाताहरुलाई अहिले व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन कहिले हुन्छ भन्ने जिज्ञासा छ । त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छैन । जनतामा आशा र भरोसा जगाउन हामिले धेरै काम गर्नुपर्नेछ । मतदाताहरुमा अहिले फेरि एकपटक संघीयताको पक्षमा , गणतन्त्रको समावेशीताको पक्षमा मत हाल्छौ भन्ने छ । तर, हामीहरुको अवस्था कहिले परिवर्तन हुन्छ भन्ने चाँही जनताको जिज्ञासा रहेको छ । त्यस कारण त्यो जिज्ञासा मेटाउने काम हाम्रो हो । जनताले दिएको मतले दृढता र संकल्पसहित अब हामि अगाडि बढ्छौ ।
अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित भएपछि तपाई के–के काम गर्नुभयो ?
म निर्वाचित हुँदा पनि नहुँदा पनि सधैं यहाँको जनतासँगै छु । जनताको विकास निर्माणको कुरामा पनि दुखसुखमा, अप्ठेरो पर्दाखेरी निरन्तर व्यक्तिगत रुपमा होस् या सस्ंथागत रुपमा साथ दिदै आएको छु । मैले निर्वाचित भएको पाँच वर्षमा ४ वर्ष संसदमा प्रतिपक्षले जे भुमिका खेल्नुपर्ने हो त्यो ईमान्दारितापुर्वक ,निष्ठापुर्वक निर्वाह गरे । संघ र प्रदेशबीच बनाउनुपर्ने नियम, कानुन, विधेयकहरु, प्रदेश र स्थानीय तहबीचको र प्रदेशको अधिकारको लागि विभिन्न विधेयक बनाउन प्रतिपक्षको रुपमा अनवरत रुपमा आफ्नो जिम्मेवारीको काम गरे । पछिल्लो समय गठबन्धनको सरकारमा आफ्नो पार्टीको मन्त्रीहरु पठाएपछि आफ्नो निर्वाचन क्षेत्रमा मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट लैजान सकेको छु । सबैभन्दा विकट राक्सिरा र कैलाश गाउँपालिका जस्तो ठाउँमा सबैभन्दा विकास भनेको सडक, खानेपानी, स्वास्थ्यको क्षेत्रमासँगै पुल निर्माण गर्ने काम पनि मैले गरेको छु । एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने पुलदेखी परेवाभीरमा बाटो बनाउनेजस्तो काम पनि मैले गरेको छु ।

देश संघीयतामा गएपछि दोस्रो पटक प्रदेशसभाको निर्वाचन हुँदैछ । प्रदेश संरचनाको पहिलो कार्यकाललाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

कार्यकाल त मेरो साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको भुमिकामा नै गयो । त्यो बीचमा सरकारले जनताप्रति जुन किसिमको जिम्मेवारी पुरा गर्नुपथ्र्यो त्यो पुरा भएन । एमालेको नेतृत्वमा रहेको सरकारले कुरा धेरै गर्यो तर जनताको कामको मेसो नमिलाउने,कुरा एकतीर काम अर्कोतीर गर्ने गरेको हुनाले जनताहरु संघीय व्यवस्थातीरै निराश देखिएको होकि जस्तो छ । त्यो निराशा फैलाउने काम चाँही केपी शर्मा आलीबाट भयो । उहाँको पार्टीले देशको सबै प्रदेशमा सरकारको नेतृत्व गर्दा संघीयताको प्रदेशलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने काम भयो । प्रदेशलाई केन्द्र सरकारले अधिकार पनि दिएन । न प्रदेशले आफ्नो अधिकारको लागि लडाई लड्यो । त्यसकारण एमालेको कार्यकालमा प्रदेशको अवस्था आफ्नो अधिकार प्रयोग गर्न नसकेको देखियो । त्यसैले प्रदेशलाई बलियो बनाउन मैले उम्मेदवारी दिएको हो । प्रदेश भनेको पहिचान हो । यो व्यवस्थालाई बलियो बनाउनुपर्दछ ।
तपाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको बलियो दावेदार हुनुहुन्छ । प्रदेशको मुख्यमन्त्री बन्नुभयो भने तपाईको भुमिका कस्तो हुन्छ ?
जनतालाई सर्वोपरि मानेर काम गर्दै जाने हो, पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु । २०७० सालमा मकवानपुर क्षेत्र नम्बर–१ का मतदाताले निर्वाचित गरेर जिम्मेवारी दिएदेखि नै त्यस अघिझैं म निरन्तर कर्ममा अघि बढेको छु । यस अवधिमा मैले संविधानसभा सदस्य, गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्तढंगले पूरा गरेको छु । पछिल्लो पटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलका नेताका रुपमा सरकारमार्फत् जनताको विकासको भोक मेट्न काम गरेको छु ।

व्यक्तिगत्रुपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको जस्ता कारण पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । म पार्टीको इमान्दार कार्यकर्ता भएका कारण पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिवद्ध हुनेछु । मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचार्इंमा पु¥याउन काम गर्नेछु । गरिव केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी तीर लक्षित भएर प्रदेश सरकार अघि बढ्छ । प्रदेश सरकारले गरिवको छोराछोरीलाई निशुल्क शिक्षा दिने नीति लिन्छ । प्रदेशको सबै पालिकाबाट डाटा लिएर गरिवको छोराछोरीले निशुल्न पढ्न सक्ने व्यवस्था हुनेछ । प्रदेश सरकारले प्रदेशको सबै गरिव तथा विपन्नहरुको निशुल्क स्वास्थ्य बिमा गर्नेछ । स्वास्थ्य बिमाको रकम एक लाखबाट बढाउइनेछ । गरिवहरुको लागि १० हजार घर बनाउने काम पनि गरिन्छ । देशको राजधानी
रहेको प्रदेशको गौरव बढाउनको लागि राजधानी चक्रपथ बनाउने तथा एअरपोर्ट बनाउने जस्ता धेरै काम गरिन्छ । त्यसको साथै प्रदेशलाई बलियो बनाउदै संघीयता कार्यान्वयनमा महत्वपुर्ण भुमिका खेलिनेछ ।
तपाईको विपक्षमा उम्मेदवारी दिएकाहरु र असन्तुष्ट पक्षहरु पनि विस्तारै तपाईको समर्थनमा आइरहेका छन् । यो कसरी सम्भव भयो ?

मैले उहाँहरुलाई गणतन्त्र सस्ंथागत गर्न र संघीयतालाई बलियो बनाउन संघीयता जोगाउन र मास्न खोज्नेबीचको निर्वाचनमा सहयोग गर्न अपील गरे । मेरो विरुद्वमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको माओवादीको खुशीलाल चेपाङलाई मैले म चेपाङलाई मन्त्री बनाउने मान्छे हुँ तपाई पहिचानको लागि हिड्ने व्यक्ति यस्तो नगनुस् भनेपछि उहाँले मेरो आग्रह स्विकार्नु भयो । अरुले पनि उहाँहरुको उम्मेदवारीले गणतन्त्र मास्नेहरुलाई मद्वत पुग्ने हाकि भनेर उम्मेदवारी निस्क्रय पारेर मलाई सहयोग गर्नुभयो । जनताको लागि जनताले गर्ने व्यवस्थालाई बलियो बनाउनुपर्छ भनेर अहिले हामि सबै सँगै
हिडिरहेका छौ ।
तपाई बागमती प्रदेशको सभापति हुनुहुन्छ । गठबन्धन गरेर नेपाली कांग्रेस चुनावी मैदानमा छ । आगामी निर्वाचनबाट प्रदेशमा कांग्रेसको अवस्था कस्तो हुने अपेक्षा गर्नु भएको छ ?

कांग्रेस ठुलो पार्टी हुन्छ । बहुमतको नजिक नजिक पुग्छ । प्रदेशभरी ६६ वटा निर्वाचन क्षेत्रमध्ये ४१ वटामा कांग्रेसले उम्मेदवारी दिएको छ । १८ वटामा माओवादी र ७ वटामा समाजवादी छ । गठबन्धनबाट कम्तिामा हामि ४६ को हाराहारीमा पुग्छौ भन्ने मैले व्यक्तिगत रुपमा अपेक्षा गरेको छु । निर्वाचनपछि हामि सरकार बनाउने कुरामा निश्चित छौ । गठबन्धन संविधानरक्षा र व्यवस्थाको सुदृढीकरणका लागि भएको विषय सबैलाई जानकारी नै छ । म गठबन्धनको साझेदार दल नेपाली कांग्रेस बागमती प्रदेशको सभापति भएकाले मैले नेपाली कांग्रेसका साथसाथै गठबन्धनमा रहेका दलका उम्मेदवारहरुको विजयलाई सुनिश्चित गर्ने अभिभारा बोकेको छु । यसअनुसार प्रदेश कार्यसमितिले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा व्यवस्थितढंगले निर्वाचन अभियानलाई अघि बढाउने काम गरेको छ । म विश्वस्त छु, हाम्रो गठबन्धनले हामीले राखेको लक्ष्य पूरा गर्दैछ । निर्वाचनपछि बागमती प्रदेश हाम्रो गठबन्धनमय हुनेछ । गठबन्धनको सफलतामा नेपाली कांग्रेसको पनि सफलता जोडिएको छ । नेपाली कांग्रेसप्रति मतदाताको विश्वास अत्यधिक रहेकाले वागमती प्रदेशमा कांग्रेसले उत्साहजनक सफलता हासिल गर्नेछ । मतदातामा नेपाली कांग्रेसको पूर्णविश्वास छ ।
जनताले तपाईलाई किन भोट हाल्ने ?

म जनताप्रति ईमान्दार छु । म विकासप्रेमी छु । म जनताको सुखदुखमा सधै उनीहरुकै साथमा हुन्छु । र म समाजसेवाको उद्धेश्यले राजनीतिमा आएको हुँ । जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत् सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय काम मले आफ्नो व्यक्तिगत् सहयोगबाटै पूरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्रमात्र नभइ प्रदेशका जनतालाई नै अवगत छ । म विकास र जनताको जीवनस्तर सुधारका लागि वागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताका व्यक्तिगत् समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकाले पनि मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु ।

यसमा तपाइको मत

Your email address will not be published.


*