हाँडीखोलाको विकासले तीव्रता पाउँछः बानियाँ

साझाकुरा
२०७९ कार्तिक २८, सोमबार १२:०३

हेटौंडा- मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदबार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता पाउने बताएका छन् । मनहरी–५ बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व–पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलु·े पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै राप्ती खोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए ।

‘नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको थियो । गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर–मनहरी–३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ’, बानियाँले भने । हाँडीखोलामा कृषि तथा पशुपालनको हब बनाइने उनले बताए । बीउबीजन तथा रासायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बानियाँले बताए ।

बानियाँले नेकपा एमालेले जनताले ल्याएको उपलब्धिलाई मास्न खोज्ने, राजावादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै अब जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए । उनले प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रमअन्तर्गत् १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*