मनहरीमा निकुञ्जको समस्या हटाउन पहल गर्छुः बर्तौला

साझाकुरा
२०७९ कार्तिक २९, मंगलवार ०९:५२

हेटौंडा- मनहरी गाउँपालिकामा पर्सा राष्ट्रिय निकुञ्जले दिएको पीडा हटाउन आफू सांसद भएपछि कानुन संशोधन गर्नका लागि पहल गर्ने महेश बर्तौलाले बताएका छन् ।
नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका बर्तौलो मनहरी बजारमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै निकुञ्जको समस्या समाधान गर्न आफूले कानुन संशोधनको लागि पहल गर्ने बताएका छन् । प्रदेशसभा २ को (ख)मा एमालेका उम्मेदवार लालबहादुर थापाले पनि मनहरी गाउँपालिकाको समस्या थिए । चुनावी कार्यक्रमको दौडधुपमा उम्मेदवारलाई जनताको घरदैलो कार्यक्रमसँगै कोणसभाहरुमा भ्याइ नभ्याइ भएको हो ।

बर्तौला र थापाले सोमबार हेटौंडा–३ बसामाडी, हेटौंडा–१९ वस्तिपुरमा कोणसभा गरेर स्थानीयलाई वषौ अघिदेखि पर्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मनहरी गाउँपालिका वडा नम्बर–१ चकरीमा अनेरास्ववियुले गरेको चुनावी सभा र मनहरी बजारमा आयोजित एमालेको सभामा दुइ उम्मेदवारले सम्बोधन गरेका थिए । मनहरी गाउँपालिकाबासीहरुलाई वर्षौ अघिदेखि निकुञ्जको समस्या भएकाले यस समस्या संधैका लागि अन्त्य गर्नका लागि आफु संसदमा गएर कानूनको संशोधन गर्न पहल गर्ने बर्तौलाले बताएका हुन् । राप्ती खोला र मनहरी खोलाका कारण स्थानीय बासिन्दाहरुको वर्षौदेखिको समस्या संधैका लागि समाधान गर्ने उनले बताए ।

मनहरीमा अयोजित चुनावी सभामा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरेर विरेन्द्र डिसीको नेतृत्वमा ५० जना अगुवा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नेकपा एमाले मनहरी गाउँ कमिटीले आयोजनामा भएको आमसभामा डिसीसहित ५० जना कार्यकर्ता एमाले प्रवेश गरेकाहुन् । प्रवेश गर्नेहरुमा मनहरी–३ हाँडिखोला नेपाली कांग्रेस वडा उपसभापति मनोज अधिकारी लगायतलाई नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना र सल्लाहकार तथा बागमती प्रदेश प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेलले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*