मङ्सिर १ गते मनहरीमा गठबन्धनको बृहत आमसभा

साझाकुरा
२०७९ कार्तिक २९, मंगलवार ०९:५६

हेटौंडा– मङ्सिर १ गते पश्चिम मकवानपुरको मनहरिमा सत्तारुढ गठबन्धनको बृहत् आमसभा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुरको निवार्चन क्षेत्र नम्वर २ को ख का उम्मेदवार इन्द्र बहादुर बानियाँले उक्त जानकारी दिएका हुन् । मङ्सिर ४ गते हुने निर्वाचनको मौन अवधी सुरु हुनु अघि निवार्चन क्षेत्र नम्वर २ को ख ले सत्तारुढ गठबन्धनको अन्तिम आमसभा गर्न लागेको बानियाँले बताए । आमसभा मङ्सिर १ गते बिहिबार बिहान ११ बजे मनहरी बजारमा हुनेछ । मौन अवधिमा जनतालाइ भ्रममा पार्न हुनसक्ने अनैतिक कार्यबारे सचेत गराउन कार्यक्रमको आयोजना गरेको गठबन्धनले जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार बानियाँले गठबन्धनको जित सुनिस्चित भइसकेको बताए । उनले गठबन्धनको जितलाइ मङ्सिर ४ गते जनताले औपचारिक रुपमा घोषणा गर्ने दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*