प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ :लिङदेन

साझाकुरा
२०७९ कार्तिक २९, मंगलवार १०:१४

हेटौंडा÷राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्
सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्दै जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए । लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दुईवटा मात्रै सरकार हुनुपनेमा जोड दिए । नेपालमा प्रदेश संरचना खारेज गरेमात्रै पनि देशलाई श्रीलंका हुनबाट जोगाउन सक्ने उनको भनाई थियो । उनले नेपालका भ्रष्टाचारको अन्त्य गर्नको लागि निर्वाचन प्रणाली परिवर्तन गनुृपर्ने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे । उनले भोट दिनु भनेको छोरी दिनुभन्दा पनि ठुलो कुरा भएकोले सोचेर भोट दिन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*