विदेशीको प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुटः थापा

साझाकुरा
२०७९ कार्तिक ३०, बुधबार १२:५६

हेटौंडा- मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापाले देशमा विदेशी शक्तिहरुको दबाब र प्रभाव बढेकाले राष्ट्रवादी शक्तिहरु एकजुट भएको बताएका छन् । स्वदेशमा विदेशीको दबाब र प्रभावलाई रोक्न राष्ट्रवादी शक्तिहरु एमाले र राप्रपा नेपाल एकजुट भएको उनको भनाई थियो । राष्ट्रवादी भएरै एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन लडेको थापाले बताए ।हेटौंडा उपमहानगरपालिका–१४ मा भएको चुनावी सभामा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमिक्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता भएको उनले बताए ।

मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताए ।मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न पनि आफु चुनावमा होमिएको थापाले बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको समेत स्मरण गरे । गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा थापाले जोड दिए । अहिले विदेशी शक्तिको आडमा कठपुतली सरकार चलिरहेकोले यसलाई अन्त्य गरी एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बनाउन उहाले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*