बर्तौलाप्रति वृद्धवृद्धादेखि युवा मतदाताको आकर्षण

साझाकुरा
२०७९ मंसिर १, बिहीबार ०९:४३

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार रहेका युवा महेश बर्तौलाप्रति यस क्षेत्रका वृद्धवृद्धादेखि युवाहरुको आकर्षण बढेको विश्लेषण गरिएको छ ।निर्वाचन विश्लेषण अनुसार यसअघि चार पटक चुनाव जितिसकेका विरोध खतिवडा भन्दा बर्तौलाप्रति धेरैले विश्वास देखाएको पाइएको हो । युवाहरुको नेतृत्व गरिरहेकाले युवाहरुको भावना बुझ्न सक्ने र वृद्धवृद्धाहरुसँग छिट्टै भिज्न सक्ने भएकाले उनलाई वृद्धवृद्धादेखि युवाहरुले रुचाएको विश्लेषण गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी, पार्कमा निजिकै ठेलामा राखेको चिया पसलमा हुने चुनाव केन्द्रित बहसमा बर्तौलाको बढी चर्चा हुने गरेको हो । क्षेत्र नम्बर २ मा गठबन्धनबाट विरोध खतिवडा र नेकपा एमालेतर्फका महेश बर्तौला मुख्य प्रतिस्पर्धामा छन् ।

चिया पसलमा उनीहरुको पक्ष विपक्षमा चियाको चुस्कीसँगै छलफल चलिरहन्छ । खतिवडा २०४८ सालदेखि लगातार चार पटक यो क्षेत्रबाट नेकपा एमालेको सूर्य चिन्हबाट लडेर विजयी भएका थिए । तर, यो पटक उनी गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी पार्टी कमल चिन्न लिएर उठेका छन् । त्यही सूर्य चिन्ह उनलाई २०७४ सालमा जिताउन लागेका महेश बर्तौलाले पाएका छन् यसपटक । त्यसैले पनि अहिले चियापसलमा यसबारे छलफल चल्ने गर्छ । चिया पसल गर्दै आएका एक स्थानीयले यसपटक यो क्षेत्रमा महेश नै जित्ने दाबी गरे ।

नवलपुरका ७३ वर्षीय भोला सुवेदीले बर्तौला युवा, पढेको र सरल स्वभावको भएकोले पनि जित्ने दावी गर्छन् । ‘२१ सालदेखिको चुनावको अनुभव भएको मान्छे हुँ, जित्छ भन्ने मेरो अठोट हो’, सुवेदीसँगै बसेर चिया पिउँदै गरेका प्रकाश बर्तौलाले पनि महेश बर्तौलाले चुनाव जित्ने दावी गरे । ‘खतिवडाको लागि हामिले जिन्दगीभर जिम्मेवार लिएर बसेका छैनौ । यसपटक त महेशलाई जान्छ मेरो भोट पनि’, ‘हो बाँच्नपर्छ खानपर्छ तर, खाएर नपुगेकाहरुलाई अब भोट दिन्नौँ’, नवलपुरभन्दा अलि पर रहेको मनहरी गाउँपालिका वडा नम्वर–३ मा थुप्रै युवाहरु आफ्नो क्षेत्रको उम्मेदवारहरुको चर्चा गरिरहेका थिए यसैबीच त्यहाँका एक युवा पुरुषोत्तम घिमिरेले उक्त क्षेत्रमा महेश नै बलियो उम्मेदवार भएको भन्दै बर्तौलाले नै चुनाव जित्ने ठोकुवा गरे ।

अर्का युवा शिवराज ढकाल पनि महेशले चुनाव जित्ने बताउँछन् । ‘विरोध खतिवडालाई हाम्रो हजुरबुवाको पालादेखि भोट हाल्यो । अब परिवर्तनको लागि महेश बर्तौलालाई भोट हाल्छौं, महेश बर्तौलाको लगभग यो क्षेत्रमा जित सुनिश्चि छ’, युवादेखि वृद्धसम्मले महेश बर्तौलाले जित्ने दावी गर्दै आइरहेका छन् । महेश बर्तौलासँग युवाहरु आर्कषित त छन् नै तर, वृद्धवृद्धाहरु पनि उनको उम्मेदवारीलाई सकरात्मक रुपमा लिँदै आईरहेका छन् । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार मकवानपुर २ निर्वाचन क्षेत्रमा एमालेले वडास्तरमा ३६ हजार ८ सय ६६ भोट ल्याएको थियो । यसैगरी कांग्रेसले यो क्षेत्रमा वडास्तरमा ३४ हजार २ सय ४०, माओवादीले २२ हजार ६ सय ७, एकीकृत समाजवादीको २ हजार ७ सय १९ र राष्ट्रिय जनमोर्चाको ४ सय ३४ भोट खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*