नेपालको जीतमा हेटौंडेली अञ्जनको निर्णायक गोल

साझाकुरा
२०७९ मंसिर १, बिहीबार ०९:४५

हेटौंडा- नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण फुटबलमा हेटौंडाका स्टार अञ्जन विष्टले निर्णायक गोल गरेका छन् । खेलको ८३ औं मिनेटमा सुनिल बलको पासलाई अञ्जनले डिबक्सभित्रबाट बललाई जाली चुमाए । संयोग पनि यस्तो मिलेको छ की गोल गर्ने अञ्जन र पास दिने बल दुवै हेटौंडाका हुन् । सुनिल बलको लामो हाइ पासलाई अञ्जनले डिबक्सभित्र डाइफ दिँदै बललाई जाली गुमाएका थिए ।विपक्षी गोल रक्षकले अञ्जनको खुट्टामा लागेर बलले जाली चुमेको थाहै पाएनन् । अञ्जनले नेपालका ११ औं अन्तराष्ट्रिय गोल गरेका हुन् । अब नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा पर्न अञ्जनले थप दुई गोल गर्नुपर्नेछ । नेपालका लागि यसअघि हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोल गरेका थिए ।

खेलको अन्त्यतिर फरवार्ड विष्टले गोल गरेपछि नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० गोलले जित निकालेको हो । खेल काठमाडौंस्थित दशरथ रंगशालामा भएको हो । बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे । ११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए । त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरेपनि नेपालको रक्षापङ्ति तोड्न सकेन ।

११ असोजमा दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो । ह्याट्रिकसँगै अञ्जनले आफ्नो अन्तराष्ट्रिय गोल संख्या १० पु¥याएका थिए । पाकिस्तान यसै खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५०औं अन्तर्राष्ट्रिय खेल हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*