डिनाको उम्मेदवारीले महिलाहरु उत्साहित

साझाकुरा
२०७९ मंसिर १, बिहीबार १३:२१

हेटौंडा-मकवानपुरमा महिला शसक्तिकरणको एक अभियान्ता महालक्ष्मी उपाध्याय डिनाको कारण यतिबेला महिलाहरु उत्साहित बनिरहेका छन् । डिनाले सत्तारुढ गठबन्धनको तर्फबाट मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर–१ मा प्रत्यक्ष उम्मेदवारी दिएका छिन् । २०४८ सालदेखी नेपालको राजनीतिमा महिलाहरुलाई प्रत्यक्ष उम्मेदवार बन्नुपर्छ भनेर उदाहरण बन्दै आएकी डिनाको आसन्न निर्वाचनको उम्मेदवारीले मकवानपुरको महिलाहरु उत्साहित बनेका हुन् । मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ शिक्षाको अभियान चलाएकी डिनाले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा शसक्त बनाउन सहकारी अभियान पनि चलाईन् ।

नेपालको संविधान २०७२ मा महिला,आदिवासी,जनजाती र दलितहरुको हक अधिकार सुनिश्चित गर्न सफल भएकी उनी आफू महिला भएकै कारण कुनैपनि कुरामा कहिल्यै पछि परिनन् । ०४८,०५१ र २०७४ मा प्रत्यक्ष रुपमा निर्वाचनमा होमिएकी उनी आसन्न निर्वाचनमा पनि समानुपातिकतर्फको सांसद पद त्यागेर प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् । डिना आसन्न निर्वाचनमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने ४ जना महिलाहरुमध्येको एक हुन् भने मकवानपुरमा उनी एक मात्रै प्रतिनिधिसभाको महिला उम्मेदवार हो ।

‘हामि अझैपनि महिलाले राजनीति गर्ने विषयमा धेरैपटक सोचिरहेका हुन्छौ । यस्तो समाजमा उहाँले निरन्तर रुपमा जुन साहसको साथ प्रत्यक्ष रुपमा चुनावमा होमिनु भएको छ । यो हामि सबै महिलाहरुको लागि गर्वको कुरा हो’,हेटौंडा–९ कि सुस्मिता पाण्डे भन्छिन् । डिनाले महिलाहरुको शसक्तिकरणको लागि विगतमा खेलेको भुमिका र महिलाहरुलाई राजनीतिमा प्रोत्साहन गर्न दिएको उम्मेदवारीले आफूलाई हौसला मिलेको उनको भनाई छ ।‘डिना दिदिले पहिला पनि हामिलाई विभिन्न तालिम दिनु भएको छ । त्यहि तालिम सिकेर हामिले घरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिरहेका छौ ।

त्यस्तो मान्छेले चुनाव जितेर जानुभयो भने त भोली हाम्रो जिल्लाको सबैजनालाई राम्रो हुन्छ’,हेटौंडा–१५ कि अनुशा गोलेले भनिन् । उनले डिना मकवानपुरको मात्रै नभई नेपालभरिको महिलाहरुको लागि प्रेरणाको स्रोत रहेको बताइन् । डिनाको कारण आफूलाई मैले पनि केहि गर्न सक्नु भन्ने आत्मविश्वास बढेको उनको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*