भुटनदेवीलाई क्रिकेट उपाधि

साझाकुरा
२०७९ मंसिर २, शुक्रबार १२:३७

हेटौंडा- हेटौंडामा जारी अन्तर विद्यालय निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जिल्लाकै जेठो विद्यालय भुटनदेवी माविले जितेको छ ।
भुटनदेवीले क्रिकेट उपाधि जित्दै पढाईमा मात्र नभई खेलकुद पनि अगाडि रहेको सन्देश दिएको छ । हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा बिहीवार भएको फाइनल खेलमा भुटनदेवी माविले सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ७८ रनले पराजित गरेको हो । भुटनदेवीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भुटनदेवीले २० ओभरमा ७ विकेट गुमाएर १ सय रनको लक्ष्य दिएको थियो ।भुटनदेवीको लक्ष्य पछ्याउँदै क्रिजमा आएको सोलिड्यारिटी १२ ओभरमै अलआउट हुन पुग्यो । १२ ओभरमै समेटिएको सोलिड्यारिटीले अलआउट हुँदै ३८ रन मात्रै बनाउन सक्यो । भुटनदेवीले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेतामा चिक्त बुझाएको सोलिड्यारिटीले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । मकवानपुरको क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको स्मृतिमा पहिलो पटक प्रतियोगिता गरिएको थियो । मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षता रहेको प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संघका सल्लाहकार पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*