शहीद स्मारकमा वल्र्डकप पार्क उद्घाटन

साझाकुरा
२०७९ मंसिर ६, मंगलवार १०:५८

हेटौंडा- हेटौंडा–११ स्थित शहीद स्मारकमा वल्र्डकप पार्क उद्घाटन गरिएको छ । पार्कको राष्ट्रिय फुटबल खेलाडी रञ्जन विष्टले रिबन काटेर उद्घाटन गरेका हुन् । तुल्सी मेहर स्कुलको आयोजना तथा फोटोग्राफर आदर्श पराजुलीको संयोजकत्वमा वल्र्डकप पार्कको उद्घाटन गरिएको छ । कार्यक्रममा आयोजक तुल्सी मेहर स्कुलका प्राध्यापक किशन बास्तोलाले पर्यटन विकासको लागि फुटबल निकै महत्वपुर्ण रहेको बताए ।

हाल विश्वले मनाउने साझा फुटबल पर्व भएकोले फुटबल प्रेमीहरुले पार्क निर्माण गरेको उनको भनाई छ । त्यस्तै बास्तोलाले नेपालको पर्यटन विकासको लागि कतारमा भइरहेको विश्वकप खेल्ने सम्पुर्ण ३२ राष्टूको खेलाडीहरु, खेलप्रेमी, पर्यटकहरुको ध्यानाकर्षण पार्कमा गराउन सकियो भने आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे ।
पार्कको प्रचारप्रसार आवश्यक रहेको उनले बताए । कार्यक्रममा सहिद स्मारक व्यवस्थापन समितिको अध्यक्ष राम चन्द्र न्यौपाने, भुटनदेवी फुटबल टिमका अध्यक्ष राजु विष्ट, स्कुलका शिक्षक, कर्मचारी र फुटबल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*