काठमाडौं–४ मा गगन थापा विजयी

साझाकुरा
२०७९ मंसिर ६, मंगलवार १२:३१

काठमाडौं – काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा २१ हजार ३०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजन भट्टराई थापा भन्दा ७ हजार ४४७ मतान्तरले पराजित भएका छन् । २०७४ सालको निर्वाचनमा पनि गगन र राजनबीच प्रतिस्पर्धा भएको थियो। त्यो बेला पनि राजन कांग्रेस नेता गगनसँग पराजित भएका थिए । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*