बागमतीमा मुख्यमन्त्रीका दाबेदार श्रेष्ठ पराजित

साझाकुरा
२०७९ मंसिर ७, बुधबार ११:३७

हेटौंडा- बागमती प्रदेशका निवर्तमान सभामुख तथा मुख्यमन्त्रीका दाबेदारसमेत रहेका नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ पराजित भएका छन् । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारसँग पराजित भएका हुन् । उनलाई राप्रपाका सुनिल केसीले १ हजार ५ सय १९ मतले पराजित गरेका हुन् ।

केसीले ६ हजार ५ सय ९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत मात्रै पाएका थिए । श्रेष्ठले आफूलाई बागमतीको मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेर निर्वाचनमा होमिएका थिए । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन लडेकामध्ये श्रेष्ठ हेभिवेट उम्मेदवार थिए । एमालेभित्र ओली निकट मानिएका श्रेष्ठ मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए ।

साझाकुरा पत्रिकासँग केही दिनअघि कुराकानीको क्रममा आफू मुख्यमन्त्रीको दाबेदार भएको दाबी गरेका थिए ।तर, उनले राप्रपासँग पराजय भोगे । २०७४ को निर्वाचनमा श्रेष्ठले । श्रेष्ठ २०५४ सालमा जिल्ला विकास समिति काठमाडौंको सभापतिसमेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*