मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

साझाकुरा
२०७९ मंसिर ८, बिहीबार १४:२४

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । सिंह ले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् ।उनले नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।  विजयी सिंहले २७ हजार ८१६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । एमालको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा  हेटौंडामा २८ वर्षपछि विजयी भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*