सलोनको बिहेले जुराएको अनमोल र सलिनको पहिलो भेट

साझाकुरा
२०७९ मंसिर १३, मंगलवार १४:०९

काठमाडौं÷फिल्ममा डेब्यूको हिसाबले अनमोल केसीले सलिनमान बनियाँभन्दा दुई–चारवटा भोटो अगाडि नै फटाएका हुन् । अनमोलले सन् २०१४ मा ‘होस्टेल’बाट डेब्यू गरेका थिए भने सलिनको डेब्यू सन् २०१७ मा ‘ए मेरो हजुर २’बाट भयो । दुवै डेब्यू फिल्मबाटै स्टार बने । युवापुस्तामा उनीहरुको लोभलाग्दो क्रेज छ । र, मिडियाले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा लिने गरेको छ ।

२०७५ सालमा एउटा रोचक संयोग जु¥यो । कहिल्यै एकअर्कासँग भेट नभएका यी दुई स्टारको फिल्म एकै मितिमा जुध्न पुगे । चैत २९ गते अनमोल अभिनीत ‘ए मेरो हजुर ३’सँग सलिनमानको दोस्रो फिल्म ‘यात्रा’ जुधेको थियो । यो प्रतिस्पर्धामा जित अनमोलको भयो । यसपछि सलिनमानले फिल्ममा काम गरेका छैनन् । अनमोलको भने ‘ए मेरो हजुर ४’ पनि हलमा रिलिज भइसकेको छ ।

पहिलो पटक सोमवार अनमोल र सलिनबीच भेट भएको छ । भेट अरु कहिँ होइन, अभिनेता सलोन बस्नेतको विवाहमा भएको हो । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको विवाह समारोहमा सहभागी हुने क्रममा उनीहरु आमने–सामने भएका हुन् । भेट हुँदा उनीहरु एकअर्कासँग तर्किएनन् । हात मिलाउँदै अंकमाल गरे । घर फर्किने क्रममा अनमोल र सलिनबीच लामै संवाद पनि भएको थियो ।

अनमोल र सलिमान एकसाथ देखिँदा दुवैका प्रशंसकहरुमा खुसीको सीमा छैन । उनीहरु दुवै सलोनसँग निकै नजिक छन् । केही फिल्ममा एकसाथ काम गरेकाले पनि उनीहरुबीच बलियो मित्रताछ । सलिनमान त केही दिनदेखि सलोनको विवाहकै रमझममा रमाइरहेका छन् । विवाहपूर्व भएको मेहेन्दी कार्यक्रममा सलिनको काँधमा चढेर सलोनले नाचेको भिडियो यतिबेला भाइरल छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*