मातृ तथा बाल स्वास्थ्य सेवा क्लिनिकको सेवा संचालनमा

साझाकुरा
२०७९ मंसिर १४, बुधबार ०९:५९

हेटौंडा- हेटौंडा अस्पातलमा मातृ तथा बाल स्वास्थ्य सेवा क्लिनिकको सेवा संचालनमा आएको छ ।अस्पतालको पुरानो ओपिडी भवनबाट मातृ तथा बाल स्वास्थ्य सेवा क्लिनिकको सेवा संचालनमा आएको हो । क्लिनिकको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गरेका थिए । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहयोगमा क्लिनिकको स्वास्थ्य सेवा संचालन गरिएको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दीपक तिवारीले क्लिनिकबाट हरेक दिन मातृ तथा बाल स्वास्थ्य सम्बन्धी सेवाहरु लिन सकिने जानकारी दिए । उनको अनुसार साविकको जनस्वास्थ्य कार्यालयको खोप केन्द्रलाई नै पुन संचालन गरिएको हो । क्लिनिकबाट आइतबार बाल खोप, ५ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुुगमन सेवा लिन सकिनेछ । यस्तै, सोमबार गर्भवती जाँच टीडी खोप, उत्तर प्रसुति जाँचको सेवा प्रदान गरिनेछ । मंगलबार परिवार नियोजनको अस्थायी साधन तथा परामर्श उपलब्ध हुनेछ ।

आइतबारदेखि शुक्रबारसम्म नियमित संचालन हुने उक्त सेवाहरु हप्तामा दुईपटक क्लिनिकबाट सेवा लिन सकिने छ । सेवाग्राहीलाई सहज होस् भनेर पुरानै कार्यतालिका अनुसार खोप कार्यक्रमहरु संचालन गरिएको प्रमुख तिवारीले जानकारी दिए । क्लिनिकबाट दैनिक १ सयभन्दा बढी सेवाग्राहीले लाभ लिने स्वास्थ्य कार्यालय मकवानपुरले अनुमान गरेको छ । जसमा ४ जना स्वास्थ्य कर्मचारीहरुले सेवा प्रदान गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*