विश्वकपका खेलाडी बोलाउन हेटौंडामा ‘वल्र्डकप पार्क’

साझाकुरा
२०७९ मंसिर १४, बुधबार १०:०६

हेटौंडा- कतारमा जारी विश्वकप फुटबलमा खेलिरहेका खेलाडीलाई हेटौंडामा ल्याउने महत्वाकांक्षी अभियानको सुरुवात गरिएको छ । नेपालमा विश्वकप खेलेका खेलाडी आउने गरेको तथ्य नरहेता पनि हेटौंडामा खेलाडी ल्याउने अभियान चलाउन थालिएको हो । विश्वकपमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्देश्यले हेटौंडाबाट एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडाको सहिद स्मारकमा ‘वल्र्डकप पार्क’ निर्माण गरी सन्देश प्रवाह गर्न लागिएको हो ।

फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै एउटा अभियानको रुपमा सानो प्रयास थालिएको फाउन्डेसनका अध्यक्ष किसन वास्तोलाले बताएका छन् । उनले नेपाल जस्तो प्राकृतिक सुन्दरताको देशमा ३२ राष्ट्रका खेलाडीहरुलाई भित्र्याउने उद्देश्यले निम्तोसहित सञ्चारमाध्यम मार्फत खबर पुगोस् भन्ने उद्देश्यले यो कार्य थालनी गरिएको बताए ।

उनले फुटबल खेल प्रेमी दर्शकहरुलाई यसको प्यास मेटाउन स्मारक परिसरमा वल्र्डकप पार्क बनाइएको बताए । यस्तै, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले राष्ट्रले गर्नुपर्ने काम निजी क्षेत्रले गरेकोमा धन्यवाद दिए । सरोकार निकायसम्म आफुहरुले पनि सञ्चार प्रवाह गर्ने खड्गीले प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज भ्लोनले फुटबल निकायले अनिवार्य गर्नुपर्ने कामलाई निजी क्षेत्रबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै आफुहरुले पनि यसको प्रचारप्रसारमा तत्कालै पहल गर्ने बताए ।मकवानपुरका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जन विष्टले पनि नारायणी कलेजको सहयोगमा सुरु गरिएको यो अभियानले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए ।

उनले निजी क्षेत्रबाट यसरी फुटबल खेललाई प्रचारप्रसार गरि विश्वका चर्चित फुटबलर खेलाडीहरु नेपालमा ल्याउन सके विश्वसामु नेपालको छुट्टै पहिचान बन्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*