कतार विश्वकपमा १०० गोल पूरा मोरक्कोका नाएफ बने पहिलो आत्मघाती गोलकर्ता

साझाकुरा
२०७९ मंसिर १६, शुक्रबार ०९:३२

काठमाडौं-कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ ।समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो ।खेलमा मोरक्कोले यस विश्वकपको ९८औं र ९९औं गोल ग¥यो । एक सयौँ गोल पनि
मोरक्कोकै खेलाडीले गरे । तर उक्त गोल भने क्यानडाको नाममरह्यो ।

मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा गरेको आत्मघाती गोल सयौँ गोल बनेको हो । साथै जारी विश्वकपमा यो पहिलो आत्मघाती गोल पनि
हो । यस्तै मोरक्कोले यस विश्वकपमा खाएको पनि यो नै पहिलो खेल हो ।पहिलो खेलमा मोरक्कोले क्यानडामाथि २–१ को जित हासिल गरेको छ भने अर्को खेलमा क्रोएसिया र बेल्जियमले बराबरी खेलेका छन् ।

यो नतिजाले मोरक्को ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ भने क्रोएसिया ५ अंकसहित समूह उपविजेता बनेको छ । ४ अंक सहित बेल्जियम तेस्रो भएर समूहबाटै बाहिरिएको छ । जारी विश्वकपमा इक्वेडरका इनर भ्यालेन्सिया, फ्रान्सका किलिएन एमबाप्पे, इंग्ल्याण्डका मार्कुस रासफोर्ड र नेदरल्याण्ड्सका कोडी गाक्पोले समान ३–३ गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*