क्यानडालाई हराउँदै मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश

साझाकुरा
२०७९ मंसिर १६, शुक्रबार ०९:३८

काठमाडौं-समूहको अन्तिम खेलमा बिहीबार क्यानडालाई ३–१ ले पराजित गर्दै मोरक्को समूह एफको विजेता बनेर कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।साविक उपविजेता क्रोएसिया, बेल्जियम जस्ता टिम रहेको समूह एफमा अपराजित रहँदै मोरक्कोले ७ अंक जोड्यो । अल थुमामा रंगशालमा भएको खेलमा मोरक्कोका लागि हाकिम जिउचले खेलको चौथो मिनेटमै गोल गरे भने युसुफ एन नेस्रीले २३औं मिनेटमा गोल गरे ।

क्यानडाले आत्मघाती गोल उपहार पाउँदा गोल अन्तर घटाएको थियो । तर गोल फर्काउन सकेन ।मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा आत्मघाती गोल गरेका थिए । यो गोल जारी विश्वकपको पहिलो आत्मघाती गोल हो । यस्तै कतार विश्वकपको एक सयौँ गोल समेत यही
गोल बाट पूरा भएको छ ।क्यानडा समूहमा सबै तीन खेल हार्दै बाहिरिएको छ ।

१९८६ पछि पहिलो पटक नकआउट चरणमा पुगेको मोरक्कोले अब अन्तिम १६ मा समूह इ को उपविजेतासँग खेल्नेछ । मोरक्को ३६ वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको हो । सन् १९८६ मा इंग्ल्याण्ड, पोर्चुगल र पोल्याण्ड जस्ता टिम रहेको समूहमा मोरक्को अपराजित रहेर समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । तर, पश्चिम जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*