विश्व एड्स दिवसमा जनचेतना अभिवृद्धि

साझाकुरा
२०७९ मंसिर १६, शुक्रबार १०:००

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले ३५ औं विश्व एड्स दिवसको अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।
एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने मुल नाराका साथ प्रतिष्ठानले जनचेतना अभिवृद्धि कार्यक्रम गरेको हो । प्रतिष्ठानले जनचेतनाको लागि ¥याली, फल्यास मुभ र एड्स भएकाहरुको अनुभव साटासाट गरेको छ ।

जनचेतनामुलक ¥यालीलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले एड्स नियन्त्रणमा रहेपनि नसकिएकाले जनचेतनामुलक कार्यक्रमले अझैं चेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले एड्स बारे आम जनसमुदायले सही जानकारी पाउनुपर्नेमा जोड दिए ।
हेटौंडा–१० टिसिएनमा रहेको प्रतिष्ठानको कार्यालय अगाडिबाट सुरु भएको ¥याली बसपार्क, जिल्ला प्रहरी कार्यालय परिसर, राप्ती रोड, बुद्ध चोक, सिमाचोक हुँदै सितलमहल चोकमा पुगेर फल्यास मुभ गरिएको थियो ।

¥यालीमा सहभागी प्रतिष्ठानमा अध्ययनरत् विद्यार्थीहरुले जनचेतना मूलक प्ले कार्डको प्रर्दशन गर्नुका साथै एड्सबाट बच्न र बचाउन आग्रह गरेका थिए । उनीहरुले कण्डमको सही प्रयोग गर्न पनि आग्रह गरेका थिए । हेटौंडा–४ स्थित हुप्रचौरमा पुगेर कोणसभामा परिणत भएको ¥याली एड्स संक्रमितले अनुभव साटासाट गरे पश्चात समापन भएको हो ।

यसैगरी, एड्स दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय हेटौंडाले पनि प्रभातफेरी कार्यक्रम गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख अतिथ्यतामा बिहीवार हेटौंडामा ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नारासहित दिवस मनाइएको हो ।स्वास्थ्य निर्देशनालयको परिसरबाट सुरु भएको प्रभातफेरी राप्तिरोड, बुद्धचोक, लोकप्रिय चोक, मानसचोक, संगमचोक, कान्तिराज, स्कुलरोड, सिमाचोक, टिसिएन रोड हुँदै बसपार्क पुगेर कोण सभामा परिणत भएको थियो ।स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर महेश्वर श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली लगायतकारहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*