हेटौंडा भेट्रान्समा उप्रेतीको नेतृत्व

साझाकुरा
२०७९ मंसिर १८, आईतवार १०:५२

हेटौंडा- हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती चयन भएका छन् । शनिबार हेटौंडामा भएको भेट्रान्स क्लबको आठौं वार्षिक साधारसभाले उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबका अध्यक्ष दीपक बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा क्लबको साधारणसभा भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य, द्वितीय उपाध्यक्षमा ज्ञानबहादुर क्षेत्री चौलागाईं, सचिवमा कविन सांगामी, कोषाध्यक्षमा सरोज राजथला र सहसचिवमा अतुल बर्मा चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रिन, राजकुमार श्रेष्ठ (क), अजय मानन्धर, मणिराज गौतम, राजकुमार श्रेष्ठ (ख) र सञ्जय थापालाई चयन गरिएको छ ।

सभामा बोल्दै नगर प्रमुख लामाले फुटबल एकेडेमी निर्माणका लागि उपमहानगर लागिपरेको बताइन् । उनले क्लबसँगको सहकार्यमा विभिन्न खेलसँग सम्बन्धित कामहरु गर्ने बताएकी थिइन् । हेटौंडा खेलकुदको उर्बर भूमि रहेको भन्दै विभिन्न खेल गतिविधिलाई अगाडि बढाएर क्षमतावान खेलाडी उत्पादनमा उपमहानगरले संधै सहयोग गर्ने लामाले बताएकी छन् ।

कार्यक्रममा पूर्व राष्ट्रिय बक्सरसमेत रहेका हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरे, ६ नम्बर वडाका वडाध्यक्ष विष्णुबहादुर दाहाल र पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलगायतको आतिथ्यता थियो । ४० वर्ष नाघेका पूर्वखेलाडी तथा फुटबलप्रेमीहरुको क्लबको रुपमा हेटौंडा भेट्रान्स सञ्चालित छ । क्लबले हेटौंडामा राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगितासमेत गर्दै आइरहेको छ । देशका विभिन्न सहरमा हुने भेट्रान्स फुटबलमा समेत हेटौंडा भेट्रान्स क्लबको लगातार उपस्थित रहँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*