जनकल्याणको कारोबार करिब साढे २३ करोड

साझाकुरा
२०७९ मंसिर १८, आईतवार ११:१२

हेटौंडा-हेटौडा–६ चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार २६ औं वार्षिक साधारणसभा भएको छ ।
सहकारीले २३ करोड ४२ लाख ३० हजार ४५६ रुपैयाँको कारोबार गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सहकारीमा २ हजार ७ सय १० शेयर सदस्य छन् । संस्थामा २ करोड ४८ लाख ८६ हजार शेयर पूजीँ रहेको छ ।

सहकारीले आफ्ना सदस्यलाई १९ करोड ११ लाख ३० हजार ४ सय ७९ रुपैयाँ ऋण लगानी गरेको सहकारीका अध्यक्ष हिमाल पौडेलले जानकारी दिए । सहकारीको बचत निक्षेप १८ करोड ४४ लाख ३३ हजार १६ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक झम्कप्रसाद गौतमले बताए । सहकारीको

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले लेखा परीक्षण प्रतिवेदन र लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत
गरेका छन् ।

सहकारीले साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद नेपाल, सावित्रीदेवी ढुंगाना, मासिक बचतकर्तातर्फ रामचन्द्र सापकोटा, गोमा सापकोटा, असली ऋणीतर्फ शान्ताकुमारी डंगोल, रोमप्रसाद सापकोटालाई पुरस्कृत गरिएको थियो ।उद्यमी व्यवसायीतर्फ सुशिलाकुमारी श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठ, सदस्यता बृद्धि गर्ने कृष्ण आचार्य, संस्थापक शेयर सदस्य नवराज अर्याल, सुन्दरा अर्याल, बाल बचतकर्तातर्फ हिमाल अधिकारी, अनुसुया दाहाललाई पुरस्कृत गरिएको हो ।

साधारणसभामा समूह बचततर्फ पशुपतिनाथ उपसमूह, सभामा १५ जना दम्पती जोडीलाई सम्मान र २०७८ सालको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यहरुका ११ जना छोराछोरीहरुलाई पुरस्कृत गरिएको थियो । सामाजिक क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी एवम् सहकारीकर्मी भीमसेन पौडेलले सहकारीको २६ औं वार्षिक साधारण सभाको अवसर पारेर २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् ।

पौडेलले पत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय दुर्गादेवी पौडेल स्मृति छात्रवृति नवज्योति मावि, हेटौंडा–७ को कक्षा ७ मा अध्ययनरत् सिजन दोङ र कक्षा ६ मा अध्ययनरत् लक्ष्मी मैनालीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् । पौडेलले जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याज वापतको रकमले छात्रवृति प्रदान गरेका हुन् । पौडेलले १ लाख २५ हजारको अक्षय कोषमा २५ हजार थप गरी १ लाख ५० हजार पु¥याएका छन् । कोषलाई प्रत्येक वर्ष थप गर्दै ५ लाख पु¥याउने योजना रहेको पौडेलले बताए ।

साधारणसभामा हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, नेफ्स्कुन फिल्ड हेटौंडा उपसमितिका सदस्य राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*