कमल थापाको पार्टीलाई जम्मा २१ हजार मत

साझाकुरा
२०७९ मंसिर २१, बुधबार ११:५८

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अधिवेशनमा अध्यक्षमा पराजित भएपछि पुरानै राप्रपा नेपाल पार्टी ब्यूँताएका कमल थापालाई यस निर्वाचन फापेन ।थापा प्रत्यक्षतर्फका निर्वाचनमा मकवानपुर–१ बाट पराजित हुनु र उनको पार्टी राप्रपा नेपालले देशभरबाट २१ हजार बढी मत ल्याउनुले उनको राजनीति धरापमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समानुपातिक मार्फत देशभरबाट निकै थोरै मत प्राप्त गरेको हो । थ्रेस होल्ड कटाउन ३ प्रतिशत समानुपातिक मत कटाउनु पर्ने कानुनी व्यवस्था भएपनि राप्रपा नेपालले १ प्रतिशत मत पनि नकटाएको हो ।

राप्रपा नेपालले देशभरबाट २१ हजार ६ सय ९६ मत पाएको छ । जब की थ्रेस होल्ड कटाउन ३ लाख भन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ । तत्कालीन समयमा थापाले नेतृत्व गर्दा पनि २०७४ को निर्वाचनमा राप्रपाले थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको हैसियत गुमाएको थियो । हाल राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन आएपछि राप्रपाले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेसँगै प्रतिनिधिसभामा १४ जना सांसद भएका छन् । अघिल्लो निर्वाचनमा राप्रपाको प्रत्यक्षतर्फ उनै लिङ्देन मात्रै सांसद थिए ।

थापा नेतृत्वको राप्रपा नोपलले समानुपातिकतर्फ कहीँकतै उल्लेख्य मत प्राप्त गर्न नसकेको हो । प्रदेश १ मा ३ हजार ३ सय ९१ मत, मधेस प्रदेशमा ६ हजार ५ सय २२ मत, थापाको आफ्नै गृह प्रदेशसमेतरहेको बागमतीमा ५ हजार ६ सय ७५ मत, गण्डकी प्रदेशमा ९ सय १२, लुम्बिनी प्रदेशमा ३ हजार ३ सय ४९, कर्णाली प्रदेशमा ६ सय ६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४१ मत पाएको छ । राप्रपा नेपालको चुनाव चिन्ह तिर रहेको थियो । थापाले भने मकवानपुुर–१ बाट नेकपा एमालेको सुर्य चिन्ह लिएर चुनाव लडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*