रोटरी क्लबद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड सहयोग

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:३९

हेटौंडा-रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ । क्लबले सोमबार अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको हो । करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरणगरेकी हुन् । उनले अस्पतालको सेवासुविधा विस्तारमा आफू सदैव सहयोग गर्न तयार रहेको बताइन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्कीले आगामी दिनमा पनि अस्पतालका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । उनका अनुसार रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा विभिन्न क्षेक्रमा कार्य गर्दै आइरहेको छ । मेसिन हस्तान्तरण कार्यत्रममा रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ तथा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*