हेटौंडा राष्ट्रिय भेट्रान्स कप पुसमा हुने

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:४५

हेटौंडा-आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ‘८’ ए साईड रनि· शिल्ड फुटबल प्रतियोगिता पुसमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ‘८’ ए साईड रनि· शिल्ड फुटबल प्रतियोगिता पुसमा हुने जनाइएको हो । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित क्याम्पाचौरमा पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा देशभरका २० वटा भेट्रान्स टिम सहभागी हुने क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले जानकारी दिए ।

प्रतियोगितामा बंगलादेश र भारत गरी दुई भेट्रान्स टिमको पनि सहभागिता रहन सक्ने खेल संयोजक राजकुमार श्रेष्ठले बताए । ४० वर्ष माथीका खेलाडीेहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे श्रेष्ठको भनाई छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । खेलमा सर्वश्रेष्ठ कोच पुरस्कार, सर्वश्रेष्ठ फरवार्ड पुरस्कार, सर्वश्रेष्ठ गोलकिपर पुरस्कार, सर्वश्रेष्ठ डिफेन्स पुरस्कार र सर्वश्रेष्ठ मिडफिल्ड पुरस्कार समान ५÷५ हजार रुपैयाँ रहेको छ भने प्रतियोगितामा म्यान अफ द सिरिज पुरस्कार नगद १५ हजार रुपैयाँ रहेको खेल संयोजक राजकुमार श्रेष्ठको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*