हेटौंडा फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:४९

हेटौंडा- हेटौंडा घर भएका पुर्व राष्ट्रिय फुटबल टिमका खेलाडी रामशरण क्षेत्रीले हेटौंडा फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग गरेका छन् ।
हाल अष्ट्रेलियामा रहेका क्षेत्रीले क्लबका लागि २० थान जर्सी र ५ थान फुटबल सहयोग गरेका हुन् । हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष भीम लामाले खेल सामग्री क्षेत्रीका दाजु ज्ञानु क्षेत्रीले खेल सामग्री हस्तान्तरण गरेको जानकारी दिए । खेल सामग्री महिला खेलाडीहरुका लागि रहेको प्रशिक्षक लामाको भनाई छ ।

अहिले हेटौंडा फुटबल एकेडेमीमा करिब १८ जना महिला खेलाडी रहेका छन् । जसमध्ये ९–१० जना मात्र प्रशिक्षणमा आउने गरेको लामाले बताए । अहिले महिला फुटबल खेलहरु नभएको अवस्थामा पनि क्लबले बेलाबेलामा मैत्रीपुर्ण खेलहरु खेलाउँदै आएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*