पहिलोपटक फाइनल पुग्ने मोरक्कोको सपना अधुरै

साझाकुरा
२०७९ मंसिर २९, बिहीबार ११:५९

काठमाडौँ-अफ्रिकी राष्ट्र मोरक्को पछिल्लो समय नयाँ शक्ति राष्ट्रको रुपमा उदाएको छ । विश्वकपमा पाँचौ पटक सहभागिता जनाइरहेको मोरक्कोले बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा गरेको थियो । बुधबार मध्यराति भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भएपछि मोरक्कोको पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सुवर्ण मौका गुमाएको हो । मोरक्कोले अब तेस्रो स्थानका लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ ।

पहिलो अरब तथा अफ्रिकी पावर हाउसको रुपमा उदाएको मोरक्कोले अहिले विश्वभर थुप्रै समर्थक बनाएको छ । विश्वकप अघि गुमनाम
मोरक्को अहिले सबैको मन र मस्तिष्कमा अमुक छाप छाड्न सफल भएको छ । मोरक्कोले यो अघि विश्व विजेता स्पेन र बलियो पोर्चुगललाई हराउँदै सेमिफाइनलमा साविक विजेता फ्रान्सको सामना गरेको थियो । विश्वकप इतिहासमा मोरक्कोले अविश्वसनीय प्रर्दशन गर्यो । पहिलो पटक सेमिफाइनल पुगेपछि मोरक्कोका प्रशिक्षक वालिड रिग्रागुईले अहिले नै उपाधि जितेको महसुस गरेको बताएका थिए । पछिल्लो दुई दशक यता स्पेनिस फुटबलले दबदबा बनाएको मोरक्कोले यो विश्वकपबाट बलियो पहिचान बनाएको छ ।

समुह चरणमा क्रोएसिया सँग गोलरहित बराबरी गर्दै विश्वकपको यात्रा सुरु गरेको फ्रान्सले दोस्रो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । क्यानडालाई २–१ ले हराएको मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएको थियो । क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । पहिलो पटक सन् १९७० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । विश्वकपमा पहिलो पटक छनोट चरण पार गर्दै इतिहास बनाएको मोरक्कोले त्यो लयलाई निरन्तरता दिन भने सकेन ।

त्यसपछिका ३ विश्वकपमा छनोट हुन नसकेको मोरक्कोले १९६ मा दोस्रो पटक विश्वकपमा सहभागी भयो । पहिलो पटक सहभागी हुँदा समुह चरणमै सिमित बनेको मोरक्कोले दोस्रो पटक भने नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । १९९० मा फेरि छनोट चरण पार गर्न नसकेको मोरक्कोले १९९४ र १९९ मा समुह चरणमा मै सीमित बन्यो । त्यसपछिका २००२ देखि २०१४ सम्म छनोट हुन नसकेको मोरक्को २०१८ मा भने समुह चरणमै सिमित बनेको थियो । विश्वकपमा आफुलाई बलियो टोलीको रुपमा स्थापित गर्न सर्घष गरिरहेको मोरक्कोले कतार विश्वकपमा भने अविश्वसनिय प्रर्दशन गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published.


*