जेसीआई हेटौंडाद्वारा बृहत् स्वास्थ्य शिविर ३० जनामा देखियो मोतियाबिन्दु

साझाकुरा
२०७९ मंसिर २९, बिहीबार १२:१३

हेटौंडा- जेसीआई हेटौंडाले गरेको बृहत स्वास्थ्य शिविरमा ३० जनामा मोतियाबिन्दु समस्या देखापरेको छ । जेसीआई हेटौंडाले पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जुइना आधारभुत स्वास्थ्य केन्द्रमा बुधबार सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविरमा ३० जनामा मोतियाबिन्दु समस्या देखापरेको हो । स्वास्थ्य शिविरमा दुईसय ७४ जनाको मोतियाबिन्दु परीक्षण गर्दा ३० जनामा मोतियाबिन्दु भएको पाइएको जेसीआई हेटौंडाका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए ।

जेसीआई हेटौंडाको आयोजना तथा नेपाल परिवार नियोेजन संघ मकवानपुर, हेटौंडा सामुदायिक आँखा अस्पताल र जेसीआई बकैयाको संयुक्त सहकार्यमा शिविर भएको थियो ।मोतियाबिन्दु देखापरेका बिरामीहरुलाई शल्यक्रियाका लागि बिहीबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने महासचिव श्रेष्ठले बताए । उनले मोतियाबिन्दुको समस्या देखापरेकाहरुलाई बिहीबार हेटौंडा ल्याएर शल्यक्रिया गरिने र शनिबार गाउँ फर्काइने बताए ।

शिविरमा ९१ जना महिलाले इम्प्लान्ट सेवा लिएको श्रेष्ठले बताए । जेसीआई हेटौंडाका अध्यक्ष पवनकुमार कंशाकारको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, ६ नम्बर वडाध्यक्ष फूलमान बोम्जन, कार्यक्रम संयोजक श्रवण कुमार बर्तौलालगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*