एकसय वर्षका वृद्धको जोर्नीको सफल शल्यक्रिया

साझाकुरा
२०७९ पुष १, शुक्रबार ११:४४

हेटौंडा- पछिल्लो समय स्वास्थ्य उपचारमा उल्लेख्य प्रगति गर्दै आइरहेको हेटौंडा अस्पतालमा एकसय वर्षका एक वृद्धको जोर्नी सम्बन्धी सफल शल्यक्रिया भएको छ ।हेटौंडा अस्पतालका डा. रविराज देवकोटा, डा. आशुतोस दास र डा.कृष्ण कँडेलसहितको १२ जनाको चिकित्सक टोलीले प्रोक्सिमल फेमोरल नेल(पीएफ) नेल राखेर दायाँतर्फको हिप जोर्नीको शल्यक्रिया गरिएको हो ।

जितपुरसिमरा उपमहा नगरपालिका–१४ घर भएका १ सय वर्षीय बालकृष्ण जम्मकट्टेलको हिमीआर्थोप्लाष्टी अर्थात हिपको जोर्नीको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।चिकित्सक देवकोटाले एकसय वर्षको वृद्धको सफल शल्यक्रिया गरिएको जानकारी दिए । वृद्ध अवस्था भएका मासिनमा यस किसिमको शल्यक्रिया कमै हुने गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*