‘एथ्लेटिक्सबाटै खेलाडीको करियर अगाडि बढ्छ’

साझाकुरा
२०७९ पुष १, शुक्रबार १२:१०

हेटौंडा- एथ्लेटिक्स खेलबाट नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको करियर अगाडि बढ्ने नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले बताएका छन् ।नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहाव्यापी खेलकुद प्रतियोगिताको क्याम्पा चौरमा हुने प्रतियोगिताको समुद्घाटन गर्दै पाण्डेले एथ्लेटिक्स खेलबाट नै खेलाडीहरुले अहिले विश्वकप फुटबल खेल खेलिरहेको उनले बताए ।

सप्ताहाव्यापी खेलकुद कार्यक्रमका संयोजक रोशिक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले शरीरलाई तन्दुरुस्त बनाउनका निम्ति खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।नवोदय शिशु सदनमा सञ्चालन भएको स्काउट कार्यक्रम नवीन कार्यक्रम भएकाले विद्यालयले गरिने हरेक क्रियाकलापहरु नयाँ हुने गरेको उनले बताए ।

समाज रुपान्तरणका लागि स्काउटले महत्वपूर्ण निर्वाह गर्नेमा उनले जोड दिए । नवोदय स्काउटका विद्यार्थीहरुलाई क्याम्पा मिनी रंगशालामा मार्चपाससमेत गरेका थिए । कक्षा ४ देखि १० सम्मका अध्ययनरत विद्यार्थीहरु धौलागिरि सदन, सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण सदनमा विभाजन भएका विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा भाग लिएका थिए । सप्ताहाव्यापी खेलकुद कार्यक्रमअन्तर्गत क्याम्पा रंगशालामा दौड प्रतियोगिता, टक अफ वार, स्पोन दौडलगायतका प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् भने फुटबल, भलिबल, क्रिकेटलगायतका खेल सम्पन्न भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*