जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज

साझाकुरा
२०७९ पुष २, शनिबार १२:०४

हेटौंडा- जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । जेसीआई बसामाडीको आयोजनामा जारी जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो । शुक्रबार सेमिफाइनलअन्र्तगत्का दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको थियो । हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा बज्रबाराही युवा क्लबलाई हराउँदै विनयबाबु फाइनलमा प्रवेश गरेको थियो । विनयबाबुले बज्रबाराही लाई ३–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा आमभञ्ज्या· युवा क्लबलाई ३–२ सेटले हराउँदै आग्रा स्पोट्स क्लब फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि फाइनलमा शनिबार विनयबाबु र आग्राबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*