पालुङ बहुउद्देश्यीयको नाफा ४ करोड बढी

साझाकुरा
२०७९ पुष ४, सोमबार ११:३०

हेटौंडा-जिल्लाकै र उत्तरी क्षेत्रको ठूलो सहकारी पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा ४ करोड ७ लाख नाफा गर्न सफल भएको छ ।सहकारीको २३ औं बार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार सहकारीको ९ करोड ९२ लाख ८० हजार रुपैयाँ शेयर पुँजी रहेको छ । यसैगरी, निक्षेप संकलन ५८ करोड रहेको सहकारीले जानकारी दिएको छ । पालुङ बहुउद्देश्यीयले गत आवमा ऋण लगानी ९५ करोड गरेको छ ।

सहकारीको विभिन्न कोषमा १५ करोड ७० लाख रुपैयाँ रहेको जनाइएको छ । शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिँदै आएको सहकारीले १८ प्रतिशतसम्म लाभांश दिन समक्ष रहेको जनाएको छ । थाहा नगरपालिका वडा नम्बर ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाको थाहा ६ बज्रवाराही तथा हेटौंडामा सेवा केन्द्र रहेको छ । साधारणसभाबाट पालुङ बहुउद्देश्यीय सहकारीको नेतृत्व पनि परिवर्तन भएको छ । सहकारीको अध्यक्षमा उमेश ढकाल र उपाध्यक्षमा अरुण रायमाझी निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष ढकाल सहकारीका पूर्वलेखा समिति संयोजक तथा चार्टर एकाउन्टेन्ट हुन् । उपाध्यक्ष भएका रायमाझी सहकारीका यसअघि सचिव थिए । अध्यक्ष पदका लागि अन्य २ जनाले उम्मेदवारी दिएपनि उनीहरुले फिर्ता लिएका थिए । वर्तमान अध्यक्ष पुरुषेत्तम कार्की र केदार कार्कीले उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए । उपाध्यक्षमा दुई जनाको उम्मेद्वारी परेकोमा राजाराम केसीले उम्मेद्वारी फिर्ता लिएपछि रायमाझी निर्विरोध चयन भएका हुन् ।

साधारणसभा थाहा नगरका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा भएको थियो । मेयर विष्टले नगरपालिकाको आर्थिक समृद्धिमा सहकारीहरुको उल्लेख्य भूमिका रहेको बताए । नगरभित्र रहेका साना सहकारीको एकीकरण आवश्यक रहेको उनले बताए । आर्थिक संकटको अवस्थामा तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारी पनि रहेको भन्दै संकटको सामना गर्न सहकारीहरुको एकीकरण आवश्यक रहेको मेयर विष्टको भनाई छ ।

थाहा नगरका उपप्रमुख भरत गोपालीले सहकारीको सफलतालाई धन्यवाद दिंँदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्टता सफलता हासिल गर्न आग्रह गरे । साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष बिष्णुहरि ढकाल, नेपाल कृषि सहकारी संघ लेखा समिति संयोजक तथा साना किसान सहकारी बज्रबाराहीका अध्यक्ष महेश्वर सुवेदी, बागमती प्रदेश सहकारी संघका सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष विमलकुमार ढकाल, पूर्व लेखासमिति संयोजक उमेश ढकाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा संस्थाका हेटौंडा सेवा केन्द्रका उपसमिति संयोजक विष्णु प्रसाद ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र ढुंगाना, संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेललगायतको आतिथ्यता रहेको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट बचततर्फ केदार प्रसाद विडारी, दिपक प्रसाद सुवेदी, अविनाश तामाङ, विद्या स्याङ्तानलाई सम्मान गरिएको छ ।

उत्कृष्ट ऋणि सदस्यहरु गणेश कुमारी कार्की, विमला गिरी, ठूलोकान्छा वाइवा, तुलसी विष्ट, धर्मेन्द्र गोपालीलाई सम्मान प्रदान गरिएको छ । मालागिरी आयाआर्जन समूह, चण्डेश्वरी महिला समूह र कालाभैरव महिला समूह उत्कृष्ट समूह घोषणा भएका छन् । संस्थाले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट विद्यार्थीहरुमा सरस्वती विद्या मन्दिर बज्रबाराहीका बसन्त भट्ट र हिमालयनकी सिम्रन कार्की, सुनौला माविकी कृतिका लामिछाने, जनकल्याणका मनोज कार्की उत्कृष्ट भएका छन् ।

वृद्धवृद्धा सम्मानमा गंगादत्त ढकाल, माइली दमाई सम्मानित भए । संस्थाका लेखा समिति संयोजक अच्युतम प्रसाद ढकालले जनकल्याण माविमा कक्षा ११ मा अध्यनरत् २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई जनही १० हजार ५ सय नगद छात्रवृत्ति प्रदान गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*