हेटौंडामा तीन वर्षपछि ‘राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ गरिँदै

साझाकुरा
२०७९ पुष ७, बिहीबार ११:२७

हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडामा ‘राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ हुने भएको छ । कोरोना महामारी लगायतका कारण हेटौंडामा विगतका वर्षबाट रोकिएको जिल्लाकै ठूलो औद्योगिक तथा व्यापारिक महोत्सव ‘राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’आउँदो माघ ११ गतेबाट २३ गते सम्म हुने भएको हो । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गर्दै १३ दिन सम्म महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित बृहत औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको बताए । यसअघि संघलाई मेला गर्नेबारे स्थानबारे आन्यौलता थियो । टिसिएन क्षेत्र की राप्ती तटमध्ये एउटा क्षेत्रमा महोत्सव गर्नेबारे संघले निर्णय गरिसकेको थिएन् । टिसिएनको क्षेत्रमा सरसफाई गर्ने काम सुरु भइसकेको अध्यक्ष अग्रवालले जानकारी दिए । उनले टिसिएन क्षेत्रमा महोत्सव गर्नेबारे हेटौंडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहमति भएको बताए ।

यसअघि हेटौंडा उपमहानगरपालिका–५, स्थित क्याम्पाडाँडा चौरमा २०७५ सालमा महोत्सव भएपछि रोकिएको थियो । हाल क्याम्पाडाँडामा रंगशाला निर्माण भएकाले महोत्सव गर्न नसकिने भएकाले संघले टिसिएनको क्षेत्र रोजेको हो । यसअघि एउटा महोत्सव टिसिएन क्षेत्रमा भइसकेको छ । कोभिड–१९ को विश्वब्यापी महामारीका कारण बिगत ३ बर्षदेखि स्थगित भएको औद्योगिक व्यापार मेला पहिलो पटक २०४२ सालमा तात्कालिन अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा भएको थियो । विं.सं. २०४३, ०५३, ०५५, ०५६, ०६८, ०७०, ०७२ र ०७५ गरी हालसम्म ९ पटक मेला आयोजना भईसकेको छ ।

यस वर्ष देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको गुप्ताले बताए । महोत्सवमा ३ सय स्टलहरु रहने उनको भनाई छ । ‘महोत्सवको तयारीमा हामी तीव्र तयारीमा जुटेका छौं । व्यवसायसँगै मकवानपुरको प्रवद्र्वन गर्नको लागि मेलाको आयोजना गर्न लागेका छौ, उनले भने ।

महोत्सवका आकर्षणहरु बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योगहरुका उत्पादनहरु, स्थानीय तथा राष्ट्रिय उत्पादन तथा सेवाहरुको बृहत व्यापार मेला, सूचना प्रविधि, हस्तकला प्रर्दशनी, कृषि उत्पादनको प्रदर्शनी, क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष गुप्ताले जानकारी दिए ।

राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, वित्तिय तथा सेवामूलक संघसंस्थाहरुको सेवा, शैक्षिक, घरजग्गा तथा हाउजिङ्ग, अटो, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रमहरु, बाल उद्यानको व्यवस्था, हेलिकप्टर टुर, खाना महोत्सव व्यवस्था, सवारी साधनहरु (हेभी इक्वीपमेन्ट), राष्ट्रिय स्तरका उद्योगहरुको उत्पादन प्रर्दशनीहरु हुने आयोजकले जनाएको छ ।

व्यापार मेलामा मनोरञ्जनात्मक बाल मेला, हेटौंडा आइडल गायन, नृत्य प्रतियोगिता, मिनी चिडिया घर, महोत्सवको आकर्षणको रुपमा दैनिक विभिन्न जनजातिको भेषभुषामा साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवबाट उत्पादक तथा उपभोक्ताबीच सोझो सम्पर्क हुने, प्रतिस्पर्धाको विकास हुने, स्थानीय वस्तु तथा उत्पादनहरुको बजार प्रवद्र्धन हुने, नयाँ वस्तु, सेवा तथा अवसरको पहिचान हुने, आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा सहयोग पुग्ने अध्यक्ष गुप्ताले बताए ।

उनले स्थानीय ब्यापार ब्यवसायीहरुलाई प्राथामिक्ता दिएर स्टलमा विशेष छुटको ब्यवस्था पनि गरिने बताए । हेटौंडा–१० स्थित टिसिएनचौरमा १३ दिनसम्म सञ्चालन हुने मेलाको २ लाख भन्दा बढी अवलोकन गर्ने आयोजकको अनुमान छ ।आयोजकले मेलामा प्रत्येक दिन एक करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । आयोजकले टिकट दर ५० रुपैयाँ तोकेको छ भने विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था गरिएको जनाएको छ ।

जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ मेला आयोजना हुन लागेको संघका अध्यक्ष अग्रवालको भनाई छ ।
महोत्सवका लागि हेटौंडा उपमहानगर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट सिफारिस लिने काम भएको अध्यक्ष अग्रवाल बताउँछन् । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षहरु प्रमोदसिं रानाभाट, उज्वल चौलागाई, महासचिव दीपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*