थाहामा थपियो कृषि सहकारी

साझाकुरा
२०७९ पुष ७, बिहीबार ११:५४

हेटौंडा- मकवानपुरका १० स्थानीय तहमध्ये तरकारी उत्पादनमा सबैभन्दा बढी सम्भावना बोकेको थाहा नगरपालिकामा कृषि सहकारी थपिएको छ ।
नयाँ सहकारी खुलेसँगै तरकारीमा काठमाडौं उपत्यकाको ठूलो मागलाई व्यवस्थापन गरिरहेको थाहाको कृषिमा जोडबल हुने विश्वास व्यक्त गरिएको छ ।

थाहा नगरपालिका–१, स्थित ओखरबजारमा कार्यालय रहने गरी थाहा कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ । थाहाको १ नम्बर वडाका वडाध्यक्ष हेरमान गोपालीले कृषि सहकारीको औपचारिक उद्घाटन गरेका छन् । सहकारीका तदर्थ समिति अध्यक्ष जितेन्द्र मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामा, वडा नम्बर २ का वडा सदस्य युवराज विष्ट, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादव जंग रायमाझी, सिद्धकाली सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष अच्युत खत्रीलगायतको उपस्थिति थियो ।

कृषि सहकारीको थाहा नगरपालिकाको ११ वटै वडा भरी कार्य क्षेत्र रहेको जनाइएको छ । कृषि सहकारीले कृषि सम्बन्धि कार्य, कृषकसँग बचत तथा ऋणको कारोबार, सीप विकास र रेमिटसमेतको कार्य गर्ने तदर्श समिति अध्यक्ष जितेन्द्र मगरले जानकारी दिए । ३१ सदस्य सहित स्थापना भएको सहकारीको कुल शेयरपुँजी ९ लाख ३० हजार रहेको छ । संस्थाले तत्काल कारोबार संचालन गर्ने सहकारीका केशव सुनारले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*