बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले भोली राजिनामा दिने
हेटौंडा-बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजिनामा नगरि पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डे धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका थिए । बागमती प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजिनामा दिने जानकारी दिए । खनालले मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुख समक्ष पदबाट राजिनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए ।